राष्ट्रियसभामा सरकारको वार्षिक प्रतिवेदन पेश

डिसी नेपाल
२० जेठ २०७७ १६:३५

काठमाडौं । राष्ट्रियसभामा नेपाल सरकारको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको सो वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

बैठकमा तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । उक्त प्रस्ताव प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेका थिए । अर्थमन्त्री डा खतिवडाले अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *