राष्ट्रियसभामा सरकारको वार्षिक प्रतिवेदन पेश
काठमाडौं । राष्ट्रियसभामा नेपाल सरकारको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको सो वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
बैठकमा तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । उक्त प्रस्ताव प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेका थिए । अर्थमन्त्री डा खतिवडाले अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment