अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक रिहा

डिसी नेपाल
२० जेठ २०७७ १६:४३

तेहरान । इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले संयुक्तराज्य अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक मुक्त भएर स्वदेश फर्कन लागेको बताएका छन् ।

मन्त्री जरिफले इरानी बैज्ञानिक डा सिरोज असगरी सवार बिमान अमेरिकाबाट इरानका लागि प्रस्थान गरिसकेको पनि बताए।

डा असगरीमाथि अमेरिकी व्यापारिक गोपनीयता चोरी गरेको अभियोगमा सन् २०१६ मा पक्राउ गरिएको थियो । उनि त्यसबखत अमेरिकाको ओहायोमा प्राज्ञिक कामको सिलसिलामा भ्रमणमा गएका थिए ।

तेहरानको शरिफ प्रविधि विश्वविद्यालयका ५९ वर्षीय बैज्ञानिक डा असगरलाई गत नोभेम्बरमा अमेरिकी एक अदालतले छाड्ने आदेश दिएको थियो ।

गत मार्चमा बेलायती अखबार दी गार्डियनले डा सिरोजले आफूलाई अत्यावश्यकीय सरसफाईका सामान समेत नदिई लुजिआनास्थित अध्यागमनको थुनामा राखिएको भन्दै अन्तर्वार्ता दिएका थिए ।

सोमबार इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसभीले डा असगरीमाथिको मुद्दा टुंगिएको जानकारी दिएका थिए। इरान र संयुक्तराज्य अमेरिका दुबैले एकअर्का मुलुकका केही नागरिकलाई बन्दी बनाएर राखेका छन् ।

इरानमा हालसम्म पनि कम्तीमा पाँच जना अमेरिकी नागरिक थुनामा छन् भने अमेरिकामा कम्तीमा १९ जना इरानी बन्दी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *