लकडाउनबीच सत्य निरुपण तथा मेलमिलाप आयोगद्वारा काम सुरु

डिसी नेपाल
२१ जेठ २०७७ १२:०१

काठमाडौं। सत्यनिरुपण तथा मेलमिलाप आयोगले आफ्नो काम सुरु गरेको छ। माघ अन्तिममा पदाधिकारी पाएको आयोगले लकडाउनकैबीच काम सुरु गरेको हो। आयोगले पहिलो चरणको प्रारम्भिक काम सुरु गरेको आयोगका सूचना अधिकारी दीपक घिमिरेले जानकारी दिए।

सरकारले माघ ६ गते आयोगमा पदाधिकारी नियुक्त गरेको थियो यो नियुक्तीसँगै द्वन्द्वकालीन मुद्दाको छानविन प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ। आगोगमा हाल ६४ हजार द्वन्द्वकालीन मुद्दा रहेको आयोगका सूचना अधिकारी घिमिरेले जानकारी दिए।

‘पदाधिकारी नियुक्त भएपछि उहाँहरुले (पदाधिकारी) सातवटै प्रदेशमा पीडितसँग अन्तरक्रिया गर्नु भयो,’ सूचना अधिकारी घिमिरेले डिसी नेपालसँग भने, ‘त्यसपछि लकडाउन सुरु भएपछि काम गर्न अप्ठेरो भयो। अहिले लकडाउनकाबीच काम सुरु भएको छ।’

यसैगरी आयोगले एक वर्षको कार्ययोजना मस्यौदा पनि तर्जुमा गरेको छ। आयोगले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्याउने गरी मार्गचित्र तयार पारेको आयोगले जनाएको छ।

२०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंरिस ५ गतेसम्म राज्य पक्ष र तत्कालीन मओवादीबीच भएको सशस्त्र द्वन्द्वको क्रममा भएका मानव अधिकारीको गम्भीर उल्लंघन तथा मानवता विरुद्धको अपराधामा संलग्न व्यक्तिहरुको सत्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *