चीनले आफ्नो ‘रेअर मसल’को शक्ति देखायो भने विश्वका आधुनिक उद्योगको ढाड भाँचिनेछ

डिसी नेपाल
२१ जेठ २०७७ १२:१२

काठमाडौं। पछिल्लो समय चीनले लद्दाखमा भारतविरुद्ध र दक्षिणी चीन सागरमा आफ्ना अन्य छिमेकी देशहरुसँग आक्रामक मुद्रा अपनाएको छ । अमेरिकासँग उग्र कूटनीतिक युद्ध छेडेको छ । यी परिस्थितिमा आधुनिक उद्योगको दुर्लभ ‘लाइफलाइन’माति चीनको एकाधिकार अन्तर्राष्ट्रिय चिन्ताको विषय बन्न सक्नेछ ।

इण्डिया टुडेमा अंकित कुमारले लेखेका छन् – कोरोनाभाइरस महामारीसँग जुध्ने तरिकाको विषयलाई लिएर यो दिग्गज एशिलायी देशप्रति अहिले वाशिङटन आक्रामक छ । चीन पृथ्वीका रेअर मिनरल्स अर्थात दुर्लभ खनिजको सबैभन्दा ठूलो उत्पादक हो । चीनले यी दुर्लभ खनिज अन्तर्गत उत्पादन गर्ने १७ तत्वको समूह उपभोक्ता वस्तुहरु, उड्डयन, क्लिन टेक, स्वास्थ्य, सुरक्षा लगायतका विभिन्न क्षेत्रका लागि निकै अहम छ ।

आफ्ना चुम्बकीय र विद्युतीय रासायनिक गुणहरुको लागि चिनिने यी धातुहरु पृथ्वीको गर्भमा आम रुपमा पाइन्छन् तर औद्योगिक तथ्यांकका अनुसार चीन आफ्नो कम श्रम लागत र खुकुलो पर्यावरणीय नियमहरुका कारण यी धातुहरुको विश्वव्यापी उत्पादनको करिब ९० प्रतिशत हिस्सामा आफ्नो नियन्त्रण राख्छ । यी धातुहरुको उपयोग मोवाइल फोन, ल्यापटप, स्मार्ट टिभी, स्मार्ट स्पिकर, सर्जिकल उपकरण, पेसमेकर, एयरक्राफ्ट इन्जिन, टेलिस्कोप लेन्स, लेजर, राडार, सोनार, नाइटभिजन सिस्टम, मिसाइल गाइडेन्स, बख्तरबन्द वाहन आदि अत्याधुनिक उपकरणहरुमा हुन्छ ।

गत वर्ष नै बेइजिङले अमेरिकालाई धम्की दिएको थियो कि दुई ठूला अर्थव्यवस्थाहरुको बीचमा व्यापार युद्ध बढेको अवस्थामा उसले ‘रेअर अर्थ’ खनिजहरुको निर्यातमा अंकुश लगाउनेछ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले २०१९ मा एक बयानमा भनेको थियो ‘यदि कसैले चीनले निर्यात गरेका रेअर अर्थबाट बनेका उत्पादनहरुको प्रयोग चीनमाथि नियन्त्रण गर्न र चीनको विकासलाई दबाउन प्रयोग गर्न चाहन्छन् भने हामीलाई लाग्छ कि चीनका नागरिक खुसी हुने छैनन् ।’ २०१० मा चीनले एक द्वीपको विवादलाई लिएर जापानका लागि हुने रेअर अर्थ निर्यातमा अंकुश लगाएको थियो ।

अमेरिकासहित विश्वभरका राजनैतिक विश्लेषकहरु मान्छन् कि यदि चीनले यी धातुहरुको निर्यातमा अंकुश लगायो भने यसको असर उपभोक्ता मात्र होइन स्वास्थ्य सेवा, उड्डयन उद्योग र राष्ट्रिय रक्षामा पनि महसुस गर्न सकिनेछ । अमेरिकी फरेन्सिक इन्जिनियर शन डडलेले २०१६ मै सचेत बनाएका थिए ‘हामीमध्ये धेरैले यी अत्याधुनिक प्रविधिको उपयोग बन्द गर्नेछौं किनकि हामीमध्ये धेरैले चीनबाट आफ्नो प्रविधि प्राप्त गर्दछौं । तर यदि उनीहरु हाम्रो लागि स्टकपाइल्स (रेअर अर्थ) को आफ्ना उत्पादन कम गर्छन् भने हामीले आफ्नै प्रविधि विकास गर्न सक्दैनौं । हाम्रो रक्षा प्रणालीलाई नोक्सानी हुनेछ ।’

रेअर अर्थ बजारका अधिकारी मानिने प्रोफेसर डडले किंग्सनर्थका अनुसार धातुहरु उत्पादन गर्ने वक्रमा चीन धेरै अगाडि छ । २०१४ मा एक कुराकानीमा उनले चीनले यस विषयमा धेरै दीर्घकालीन दृष्टिकोण अपनाएको बताएका थिए । प्रोफेसर किंग्सनर्थले भने ‘चीनले १९७० मा आफ्नो रेअर अर्थको यात्रा सुरु गर्यो । उनीहरु गहिराइसम्म गए र यसको मूल्य वृद्धि गरे, रोजगारी सृजना गरे ।’ चीनले धेरै पहिले नै भविष्यमा रेअर अर्थ हाइटेक उत्पादनको आधार बन्नेवाला छ भन्ने बुझिसकेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *