कोरोना पीडितको दाहसंस्कारमा स्थानीयको आक्रमण, आधा जलेको लाश बोकेर भागे मृतकका आफन्त

डिसी नेपाल
२१ जेठ २०७७ १३:१२

काठमाडौं। कोरोनाभाइरसको बारेमा हल्ला यतिसम्म फैलिएको छ कि मानिसहरु यसको नाम सुन्नासाथ त्रसित हुन थालेका छन् । यसको त्रास बढ्दै जाँदा मानिसहरुले संक्रमित व्यक्तिसँग मात्र होइन शवसँग पनि अत्यन्तै अमानवीय व्यवहार गर्न थालेका छन् । मानिसहरुले सार्वजनिक श्मशानमा कोरोनाभाइरसका कारण ज्यान गुमाउने मृतकको अन्तिम संस्कारको पनि विरोध गर्न लागेका छन् । भारतको जम्मु कश्मिरको डोडा जिल्लामा निकै अमानवीय घटना भएको छ जसका कारण यहाँ मृतकका आफन्तले अन्तिम संस्कार गर्न पनि पाएनन् ।

हिन्दूस्तान टाइम्सका अनुसार यहाँ ७२ वर्षका एक पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो । मृत्युपछि उनको अन्तिम संस्कार गर्नको लागि श्मशानमा लगियो तर स्थानीयले यसको विरोध गर्न लागे । अन्तिम संस्कारको लागि जाँदा परिवारसँगै प्रशासनका अधिकारी पनि थिए । अन्तिम संस्कारको प्रक्रिया सुरु हुनासाथ स्थानीयले यसको विरोध गर्न थालेका थिए । विरोध यतिसम्म बढ्यो कि स्थानीयले लाठी, डण्डा र ढुंगाले प्रशासनका अधिकारी र मृतकका परिवारमाथि आक्रमण गर्न थाले ।

परिवार र अधिकारीलाई बचाउनको लागि मृतकको आधा जलेको शव लिएर त्यहाँबाट भाग्नु परेको छ । मृतकका छोराले भने ‘हामी एक राजश्व अधिकारी र एक मेडिकल टिमसँग अन्तिम संस्कारको लागि निर्धारित स्थानमा गएका थियौं । दामान क्षेत्रमा उक श्मशानमा चिता जलाउँदै गर्दा ठूलो संख्यामा स्थानीय त्यहाँ पुगे र अन्तिम संस्कार रोक्न लागे ।’ दाहसंस्कारमा मृतककी पत्नी, दुई छोरा र नजिकका आफन्त मात्र थिए ।

उनीहरुले ज्यान बचाउन आधा जलेको शवलाई एम्बुलेन्समा लिएर भाग्नु परेको थियो । भीडले पहिले उनीहरुमाथि ढुंगा हानेको थियो पछि उनीहरुमाथि लाठीले आक्रमण भयो । मृतकका छोराले भने ‘हामीले अन्तिम संस्कारको लागि गृह जिल्ला जान अनुमति मागेका थियौं । हामीलाई दाह संस्कारको क्रममा कुनै समस्या नहुने भनिएको थियो ।’ परिवारले घटनास्थलमा रहेका पुलिस र अधिकारी भीडमाथि कारवाही गर्न असफल भएको आरोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *