भारतको अर्को केमिकल उद्योगमा विष्फोट, ५ जनाको मृत्यु

डिसी नेपाल
२२ जेठ २०७७ ६:४८

काठमाडौँ । भारतको गुजरातमा रहेको एक केमीकल उद्योगमा विष्फोट भएको छ । उक्त विस्फोटमा परी ५ जनाको मृत्यु भएको छ।

गुजरातको भरुच जिल्लामा रहेको दहेज औधोगिक क्षेत्रमा पर्ने यशस्वी केमिकल उद्योगमा एक्कासी विष्फोट हुँदा ५ जनाको मृत्यु भएको र १७ जना मजदुरहरु घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि पनि भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको केमिकल फ्याक्ट्रीमा भएको ग्यास लिकबाट १३ जना मानिसको ज्यान गएको थियो ।

उक्त घटनाबाट घाइतेभएका झण्डै एक सय मानिस अहिले अस्पतालमा उपचार उपचाररत छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *