राजनाथ सिंहजी यसरी बन्छ र नेपालसँग सुमधुर सम्बन्ध ?

डिसी नेपाल
२२ जेठ २०७७ ९:२८

काठमाडौं। भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग सम्बन्ध कुनै हालतमा नबिगार्ने कुरा त्यहाँको एउटा टिभी च्यानल सीएनएन आइवीएन १८ लाई गत मंगलबार अन्तर्वाता दिँदै बताएका छन्। उनले नेपालसँग दाजुभाइको सम्बन्ध भएको भन्दै नेपालसँगको सम्बन्ध भावनात्मक भएको दावी गरेका थिए।

तर, केही समयदेखि भारतको सत्तापक्ष नेपालका बिरुद्ध अपमानजनक व्यबहार गर्दै आइरहेको छ। भारतीय रक्षामन्त्री सिंह जो भारतमा सत्तापक्षका प्रभावशाली नेतामध्येका एक पनि हुन्। के उनलाई यो कुरा थाहा छैन कि भारतले लगाताररुपमा नेपाल, उसका प्रतिनिधि र समग्रमा नेपालीप्रति दुर्भावना देखाएको छ?

भारतले सीमा विवादका बारेका कुरा शुरु गर्नका लागि भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले पटक पटक भेट्न गर्न चाहेर पनि भेट दिएको छैन। भारतको विदेश मन्त्रालयका सामान्य कर्मचारीसम्मले पनि नेपालको कुरा सुन्न र त्यसलाई अघि बढाउने चाहना नराख्नुले सम्बन्ध राम्रो बनाउन खोजेको ठहर्छ त रक्षामन्त्री सिंहज्यू? अपमानको श्रृंखला यतिले टुंगिदैन। भारतले राजदूत निलाम्बार आचार्यमाथि कार्यभार सम्हाल्न आएलगत्तै पाकिस्तानी राजदूतसँग भेट गरेको आरोप लगाउने गरेको छ।

कुनै कुरामा चित्त बुझेन वा अपमान गर्नु पर्ने छ भने भारतले नेपाललाई कहिले चीनसँग त कहिले पाकिस्तानसँग जोड्ने गर्दछ। राजदूत आचार्यमाथि मात्र होइन केही महिनाअघि नेपालको सप्तरीमा भएको मुस्लिमहरुको एउटा भेलालाई लिएर पनि भारतीय अधिकारीहरुले ठूलै आरोप लगाउने गरेका छन्।

कुनै कुरामा चित्त बुझेन वा अपमान गर्नु पर्ने छ भने भारतले नेपाललाई कहिले चीनसँग त कहिले पाकिस्तानसँग जोड्ने गर्दछ। राजदूत आचार्यमाथि मात्र होइन केही महिनाअघि नेपालको सप्तरीमा भएको मुस्लिमहरुको एउटा भेलालाई लिएर पनि भारतीय अधिकारीहरुले ठूलै आरोप लगाउने गरेका छन्।

कोरोनाको कहर नेपाल र भारतमा भर्खर भर्खर शुरु भएको अवस्थामा शुरुमा नेपालगञ्ज क्षेत्रमा त्यस्तो सम्मेलन गर्ने तय भएको थियो। अन्तर्राष्टियस्तरको सम्मेलन त्यो पनि नेपाल सरकारको अनुमतिविना नै गर्ने तय भएको थाहा पाएर नेपाली सेनाले माथिल्लो तहबाटै हस्तक्षेप गरी सेनाका रथी शरद् गिरी स्वयं फिल्डमै पुगेर नेपालगञ्जमा त्यस्तो भेलाको आयोजना गर्न नदिने वातावरण बनाएको थियो।

तर, पछि फेरि आयोजनास्थल फेरियो। राष्ट्रिय भेलामात्र गर्ने भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र समाजवादी पार्टीका नेता उपेन्द्र यादवसमेतको सहमतिमा सरकारबाट अनुमति लिइयो तर मुस्लिम समुदायको एउटा भेला सरकारले रोक्दा रोक्दै केही पाकिस्तानी र केही बंगलादेशी तथा केही भारतीय मौलानाहरुको सहभागितामा सप्तरीमा गरियो। यो विषयमा पनि भारत सरकार राजदूत आचार्यमाथि रिस पोखेर बसेको छ।

विभिन्न कठिनाइहरुका कारण उपस्थित हुन नसकेका कार्यक्रमहरुका लागि पनि आचार्यमाथि दोष थोपरेर भारत यतिबेला सीमा विवादको विषयमा नेपाल देशले कुरा गर्न चाहेको कुरालाई पन्छाइरहेको छ।

गतबर्ष कुनै एउटा सामाजिक संस्थाले भारतका केही राज्यका मुख्यमन्त्रीलाई समेत बोलाएर गरेको कार्यक्रममा राजदूत आचार्यलाई अतिथिको रुपमा बोलाइएको र विजेपीनिकटको सो संस्थाको कार्यक्रममा कार्यव्यस्तताका कारण पुग्न नसकेको कुरालाई लिएर आचार्यले विजेपीलाई वेवास्ता गरेको आरोप लगाएर उनलाई विजेपी सरकार र त्यसको मसिनरीले भेट्न नचाहेको प्रचार गर्ने गरेको छ। तर, यी कुरा र नेपालको सीमा जवर्जस्ती मिचेर सडकै बनाएको विषयको विषयमा नेपालले औपचारिकरुपमा प्रकट गरेको आपत्तिको जवाफ होइनन् ।

सम्बन्ध बिगार्न नचाहने तर राजदूतमाथि आरोप थोपरेर कुरै अघि नबढाउने कुराले सिंहले भनेजस्तो सम्बन्ध सुमधुर हुन सक्ला र? आचार्य व्यक्ति होइनन् नेपाल देशका प्रतिनिधि हुन्, उनको अपमान मुलुकको अपमान हो। देशको प्रतिनिधिलाई अपमान गरेर कस्तो सुमधुर सम्बन्ध बनाउन चाहेको हो त भारतले ? सिंहसँग यसको जवाफ छ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *