नाजी कमाण्डरको डायरीमा अरबौंको खजानाको जानकारी १ जहाँ लुकाइएको छ २८ टन सुन

डिसी नेपाल
२२ जेठ २०७७ ९:२७

काठमाडौं। दोस्रो विश्वयुद्धको समयमा हिटलरको नाजी सेनाले निकै ठूलो लुटपाट मच्चाएको थियो । अहिले आएर एक नाजी कमाण्डरको डायरीबाट जर्मनीको सेनाले लुटेको त्यो खजानाको जानकारी प्राप्त भएको छ । यी खजानामा करिब २८ हजार किलो सुन, महंगा पेन्टिङ, अमूल्य कलाकृतिहरु छन् । यो खजानाको जानकारी डायरीमा लेखिएको छ ।

डायरीमा लेखिएको छ कि यी खजाना ११ अलग अलग स्थानहरुमा राखिएका छन् । ७५ वर्ष पहिले नाजी कमाण्डर हेनरिच हिमलरले यो खजाना अलग अलग स्थानमा लुकाएका थिए । अहिले उनको डायरीबाट यी कुराको खुलासा भएको हो । यसबारेमा पोल्याण्डको समाचार साइट द फर्स्ट न्यूजले समाचार प्रकाशित गरेको थियो

यो डायरीमा ११ स्थानमा खजाना राखिएको उल्लेख गरिएको छ । यीमध्येको एक ठाउँ पोल्याण्डको रोजटोका प्यालेस हो । यो महललाई १६ औं शताब्दीमा बनाइएको थियो । यसमा एउटा २ सय मिटर गहिरो इनार छ । यही इनारमा २८ टन सुन भएको बताइएको छ । बताइएअनुसार यो सुन पोल्याण्डको एक बस्ती ब्रेसलाउन (अहिले रोक्ल)बाट ल्याइएको थियो । यति सुनको मूल्य आजको समयमा करिब डेढ अर्ब युरोजति पर्छ ।

दोस्रो विश्वयुद्धको कैयौं दशकसम्म यो डायरीको कतै उल्लेख गरिएन । यसलाई गुप्त बनाएर राखियो । यसलाई जर्मनीको क्वेडलिनबर्गमा लुकाइएको थियो । यलाई एक मेसोनिक लजका प्रबन्धनलाई सम्हालेर राख्न भनिएको थियो । यो मेसोनिक लज यहाँ १ हजार वर्षदेखि छ । दोस्रो विश्वयुद्धको समयमा नाजी कमाण्डर हिमलर यहाँ आउने जाने गर्थे । उनैले यो डायरीलाई यहाँ लुकाएका थिए ।

२०१९ मा भने लजले यो डायरी पोल्याण्डको फाउण्डेशन सिलेसियान ब्रिजलाई दिए । सिलेसियान ब्रिजका प्रतिनिधि रोमन फर्मानिकले गत वर्ष मार्चमा घोषणा गरेका थिए कि उनले आफ्नो जर्मन पार्टनरबाट युद्धको माफीको रुपमा एक डायरी पाएका छन् जसमा कैयौं खजानाबारे उल्लेख छ । यसमा त्यो स्थानको नक्सा पनि छ जहाँ रोजटोका प्यालेसमा खजाना लुकाइएको छ ।

रोजटोका प्यालेस तल्लो सिलेसिया इलाकामा छ । यो इलाकामा पोल्याण्डका सैनिकले जर्मनीका नाजी जवानहरुलाई आत्तिने अवस्थामा नै पुर्याएका थिए तर त्यतिबेला उनीहरुले जर्मनी सेनालाई धेरै समय भने रोक्न सकेनन् । जर्मनीको सेनाले निकै लुटपाट मच्चाएको थियो ।

जर्मनीको सेनाले पुराना कलाकृति, गरगहना, सुन जवाहरात आदिलाई तल्लो सिलेसियाका गुफाहरु, इनारहरु र सुरुङहरुमा लुकाएका थिए । यसका अलावा किल्ला र महलहरुमा पनि खजाना लुकाएका थिए । जर्मनीको सेनाले यहुदीहरु, संग्रहालयहरु र निजी संग्रहकर्ताहरुबाट करिब ५० लाख युरोपेली कलाकृतिहरु लुटेका थिए । अहिले यी कलाकृतिहरु अलग अलग स्थानमा समय समयमा भेटिँदै गरेका छन् । अहिले पनि पोल्याण्डका यहुदीहरुका ६३ हजार कलाकृति हराइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *