एथेन्सस्थित अमेरिकी दूतावासमा पेट्रोल बम प्रहार

डिसी नेपाल
२२ जेठ २०७७ १०:२६

काठमाडौं। अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोएडको पुलिस कस्टडीमा मृत्यु भएपछि सुरु भएको प्रदर्शन अब अमेरिकाबाहिर पनि पुगेको छ । थुप्रै देशहरुमा विरोध प्रदर्शनहरु भइरहेका छन् । ग्रिसको राजधानी एथेन्समा प्रदर्शनकारी निकै आक्रामक भएर त्यहाँस्थित अमेरिकी दूतावासमा पेट्रोल बम प्रहार गरेका छन् ।

एथेन्सबाट प्रकाशित हुने दैनिक अखबार काथिमेरिनीका अनुसार प्रदर्शनकारीहरुले दूतावासमा पेट्रोल बम प्रहार गर्न थालेपछि पुलिसले प्रदर्शनकारीहरुमाथि अश्रु ग्यास प्रहार गरेको थियो । अमेरिकामा न्यूयोर्कको युनियन स्क्वायरमा प्रदर्शनकारीहरुले घुँडाले टेकेर विरोध प्रदर्शन गरेका थिए । यस क्रममा ब्ल्याक लाइभ्स म्याटरका नारा पनि लगाए ।

क्यालिफोर्नियामा प्रदर्शनकारीहरुले भुइँमा सुतेर प्रदर्शन गरे । उनहिरुले भुइँमा सुतेर आफ्नो हात पछाडि लगेर विरोध गरेका थिए । वाशिंटनमा लिंकन मेमोरियल बाहिर प्रदर्शनकारीहरु अनियन्त्रित भएर पुलिसमाथि बोतलले आक्रमण गरे । प्रदर्शनकारहिरु ह्वाइट हाउस बाहिर पनि जम्मा भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *