अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा

डिसी नेपाल
२२ जेठ २०७७ १२:१२

काठमाडौं। अमेरिकामा जारी रंगभेदविरोध प्रदर्शनका बीच राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दर्ता भएको छ । टेक्नोलोजी पोलिसी नामको संस्थाले ट्रम्पको केही दिन अगाडिको उक आदेशविरुद्ध मुद्दा दर्ता गराएको हो ।

ट्रम्पले केही दिनअघि जारी गरेको यो आदेशमा सामाजिक संजालमाथि कडाइ गरिएको छ । केही समयअघि राष्ट्रपति ट्रम्पको ट्वीटमाथि ट्वीटरले चेतावनीमूलक संकेत लगाइदिएको थियो । यसपछि नै राष्ट्रपति ट्रम्पले यो आदेश जारी गरेका थिए । यो आदेशलाई अभिव्यक्ति स्वतन्त्रताविरुद्ध मानिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *