कोरोनाभाइरसको खुलासा गर्ने छैटौं डाक्टरको पनि मृत्यु, चीनका जनता आक्रोशित

डिसी नेपाल
२२ जेठ २०७७ १५:४०

काठमाडौं। चीनमा कोरोनाभाइरसको संक्रमणको खुलासा गर्ने डाक्टरहरुको टिमका सदस्य डा. हु विफेंगको पनि मृत्यु भएको छ । उनी कोरोनाभाइरसबाट मृत्यु हुने यो टिमका छैटौं सदस्य हुन् । हु विफेंग चीनमा कोरोनाभाइरसबारे सबैभन्दा पहिले चेतावनी दिने डाक्६र लि वेनलियांगको टिमका सदस्य थिए । समाचारअनुसार डा. हु विगत ४ महिनादेखि कोरोनाभाइरससँग जुधिरहेका थिए । यद्यपि हालै उनको हालत ठिक भएको र उनलाई भेन्टिलेटरबाट हटाइएको समाचार आएको थियो ।

डाक्६रको मृत्युपछि चीनमा प्रशासनप्रति आक्रोश बढेको छ । नागरिकहरु लगातार प्रशासनको आलोचना गरिरहेका छन् । डा. विफेंग जनवरीमा कोरोनाभाइरस संक्रमित पाइएका थिए । उनी यसबाट मृत्यु हुने अस्पतालका छैटौं व्यक्ति हुन् । चीनका नागरिकहरु डा. विफेंगले कोरोनाभाइरस विरुद्ध सुरु गरेको युद्धका कारण उनलाई हिरोजस्तै हेर्ने गर्थे । उनको मृत्युको बारेमा धेरै जानकारी दिइएको छैन । तर, सामाजिक संजालमा चीनको कोरोनाभाइरससँग लड्ने प्रयासलाई लिएर आलोचना भइरहेको छ ।

डा. हु विफेंग चीनको वुहान सेन्ट्रल अस्पतालमा युरोलोजिस्ट थिए । उनी डा. लि वेनलियांगको त्यो टिमका हिस्सा थिए जसले कोरोनाभाइरसको जानकारी विश्वलाई दिएका थिए । वुहान कोरोनाभाइरसको इपिसेन्टर थियो र त्यहीँ डा. लि र डा. हू काम गर्थे । कोरोनाको बारेमा चेतावनी दिएपछि चीन सरकारले डा. वेनलियांगलाई चेतावनी दिँदै आफ्नो मुख बन्द राख्न भनेको थियो तर पछि उनले अस्पतालबाटै एक भिडियोमार्फत आफ्नो कुरा बाहिर राखेका थिए । उपचारको क्रममा डा. हु विफेंग र उनका सहकर्मी कार्डियोलोजिस्ट यी फेनको कलेजोले काम गर्न बन्द गरेको थियो र उनीहरुको अनुहार कालो भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *