रंगभेदविरुद्धको आन्दोलनमा डोनाल्ड ट्रम्पकी छोरी नै उत्रिएपछि…

डिसी नेपाल
२२ जेठ २०७७ २०:२९

वाशिंटन। अमेरिकामा अहिले अश्वेत नागरिकको हत्याको विरोधमा आन्दोलन चर्किएको छ । प्रदर्शनमा सहभागीहरुले पुलिसद्वारा हत्या गरिएका जर्ज फ्लोएडको लागि न्यायको माग गरिरहेका छन् । उनीहरुले अश्वेतमाथि विभेद गरिरहेको भन्दै सरकार र प्रशासनको विरोध गरिरहेका छन् ।

यो आन्दोलनमा अमेरिकाका सरकार प्रमुख डोनाल्ड ट्रम्पकी छोरी टिफनी ट्रम्पले नै ऐक्यबद्धता जनाएपछि अहिले यो विषय तातेको छ । ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्पले अमेरिकामा चलिरहेको विरोध प्रदर्शनको समर्थन गरेकी हुन् ।

गत हप्ता प्रहरी यातनामा एक अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोएड मारिएपछि सल्केको विरोधको आगोले हिंसाको स्वरुप ग्रहण गरिरहेका बेला ट्रम्पकै कान्छी छोरी टिफनीले प्रदर्शनको समर्थन गरेकी हुन् । टिफनीले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक कालो तस्वीर पोस्ट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘एक्लै हामी कमै हासिल गर्न सक्छौं, तर एक साथ हुँदा धेरै कुरा हासिल गर्न सक्छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *