हरवा चरवा परिवारलाई राहत वितरण

डिसी नेपाल
२३ जेठ २०७७ १९:४१

सिराहा । दलित विकास मञ्च सिरहाले बिहीबार द फ्रिड फण्डको सहयोगमा १५० घर हरवा चरवा परिवारलाई राहत वितरण गरिएको हो।

काेभिड–१९ का कारणले लकडाउनमा दैनिक रोजगारिबाट बञ्चित रहेको हरवा चरवा परिवारले राहत पाएपछि खुसिभएको हो जिल्ला हरवा चरवा अधिकार मञ्च सिराहाका अध्यक्ष श्यामसुन्दर सदाले बताए।

सिराहाको धनगढीमाई नगरपालिकाका वडा नम्बर १ र २ र सुखिपुर नगरपालिका वडा नम्बर ७ का हरवा चरवा शसत्तिकरण पिरयोजना अन्तरगतका बचत तथा ऋण समुह सदस्यहरूलाई राहतमा चामल दाल नून र तेल वितरण गरेको कार्यक्रम संयोजक रविन महराले जानकारी दिए।

राहत वितरणको क्रममा सुखिपुर वडा नम्बर ७कम वडा अध्यक्ष विरेन्र्द महतोको उपस्थित रहेको थियो र धनगढीमाई नगरपालिकाका १ र २ का वडा प्रतिनिधि को समेत उपस्थित रहेको थियो र दलित विकास मञ्च सिरहाका सचिव रामचन्द्र महराको उपस्थित रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *