अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्बजनिक, यसरी हेर्नुहोस् नतिजा

डिसी नेपाल
२५ जेठ २०७७ ६:०५

काठमाडौँ । ‘अमेरिकी डिभी चिठ्ठा’को नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०१९) मा भरेको डिभीको नतिजा आज (जुन ६ तारिख न्यूयोर्क समय मध्यान्ह १२ बजेपछि) बजेपछि सार्बजनिक भएको हो । गत वर्ष अक्टोबर २ देखि नोभेम्बर ५ सम्म खुलेको ‘अमेरिकी डिभी चिठ्ठा’को नतिजा आज आएको हो ।

‘अमेरिकी डिभी चिठ्ठा’ परे नपरेको हेर्न ‘डिभी’ फारम भर्दाको ‘कन्फर्मेसन’ पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ।ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन।

इडिभी पर्यो कि परेन भनेर https://dvprogram.state.gov लिंकमा गएर डिभी चिठ्ठाको नतिजा हेर्न सकिन्छ। यो नतिजा ३० सेप्टेम्बर सन् २०२० सम्म चेक गर्न सकिने डिभीप्रोग्राम डट स्टेट डट गोभले जनाएको छ ।

हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन्। डाइभर्सिटी भिसा लोटटरी प्रोग्रामलाई ग्रिन कार्ड लोटरी कार्यक्रमको नामबाट चिनिन्छ। यस कार्यक्रमअन्तर्गत अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासी जनसंख्यालाई स्थायी नागरिकता प्रदान गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *