चिनियाँ विमानलाई प्रतिबन्ध लगाउने निर्णयबाट पछि हट्यो अमेरिका

डिसी नेपाल
२५ जेठ २०७७ १४:४५

काठमाडौं। अमेरिका र चीनबीच जारी द्वन्द्वका बीच अमेरिकाले चिनियाँ विमानलाई आफ्नो देशमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । १६ जूनदेखि यो प्रतिबन्ध लगाउने घोषणा गरिएको थियो । तर, अचानक अमेरिका यो घोषणाबाट पछि हट्दै चिनियाँ विमानलाई आफ्नो देशमा प्रवेश दिने भएको छ ।

शक्रिबार ट्रम्प प्रशासनले चिनियाँ विमानलाई सीमित संख्यामा प्रवेश दिने बताएको छ । चीनले कोरोनाभाइरसका कारण लगाएको रोक खुकुलो पार्दै गएको र चीनमा विदेशी विमान संचालन अनुमति खुला गरिएपछि अमेरिकाले यस्तो निर्णय गरेको हो । अमेरिकाको अघिल्लो घोषणाले अमेरिकाको युनाइटेड एयरलाइन्स र डेल्टा एयरलाई अमेरिका र चीनबीच उडान संचालन गर्ने बाटो बन्द गरिदिएको थियो जुन अब खुला भएको छ ।

अमेरिकी अधिकारीका अनुसार अब अमेरिका र चीनबीच चिनियाँ यात्रुवाहक एयरलाइन्सलाई हप्तामा दुई राउण्ड ट्रिप उडान गर्न दिइनेछ । यी उडानको संख्या त्यत्ति नै हुनेछ जति चीनले अमेरिकी विमानलाई उडान अनुमति दिनेछ । अहिलेसम्म अमेरिका र चीनबीच चीनका चार एयरलाइन्सको उडान हुन्छ । कोरोनाभाइरसको महामारीका कारण चीनका युनाइटेड एयरलाइन्स, डेल्टा एयर र अमेरिकन एयरलाइन्सको उडान पूर्ण रुपमा बन्द छ । युनाइटेड र डेल्टाले यही महिना फेरि उडान संचालन गर्न चीनसँग अनुमति मागेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *