भारत-चीन सीमा विवादः सैन्य कमाण्डरको वार्तामा के नतिजा आयो ?

डिसी नेपाल
२५ जेठ २०७७ १५:०७

नयाँ दिल्ली । पूर्वी लद्दाखमा भारत र चीनका सैनिक अधिकारीबीच भएको वार्ताबाट वार्तामार्फत् समस्या समाधान गर्ने सहमति भएको छ । शनिबार लेफ्टिनेन्ट जनरलहरुबीच सैन्य कमाण्डरबीच वार्ता भएको हो ।

आइतबार भारतको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार दुवै देशका सैनिक अधिकारीहरु शान्ति वार्तामार्फत् विवाद सुल्झाउन तयार भएका हुन् । द्विपक्षीय सम्झौताअनुसार दुवै पक्ष सीमा क्षेत्रका विवादलाई शान्तिपूर्ण समाधान गर्न सहमत भएका हुन् ।

भारतको विदेश मन्त्रालयले भनेको छ, ‘दुवै देशबीच कुराकानी शान्तिपूर्ण र उत्साहजनक रह्यो । दुवै पक्षले कुटनीतिक सम्बन्धको ७० वर्ष लामो इतिहासलाई याद गरे । समस्याको छिट्टै हल निकाल्दै सम्बन्ध सुधार्नेबारे दुवै देश सहमत भएका छौं ।’

दुई देशबीच यसअघि सिक्मिम र अहिले पुनः लद्दाखमा सीमा नियन्त्रण रेखा (एलएसी)मा तनावको अवस्था बनेको हो । यसको सुरुवात ५ मेमा पूर्वी लद्दाखको पैंगोंग झीलबाट भएको हो ।

तनाव बढ्दैजाँदा भारत र चीनका सैनिकबीच यो महिना तीनपटकसम्म झडप भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *