ब्राजिलले हटायो सरकारी वेबसाइटबाट कोरोना संक्रमितको डाटा
रियो दि जेनेरियो । ब्राजिलले आफ्नो सरकारी वेबसाइटबाट कोरोनाको डाटा हटाएको छ। कोरोनाभाइरसका संक्रमित दिनप्रतिदिन बढिरहेको ब्राजिलले संक्रमित र मृतकको संख्याको तथ्यांक शनिबार आफ्नो वेबसाइटबाट हटाएको बीबीसीले जनाएको छ।
ब्राजिलले आफुनो देशको कोरोनाभाइरसबारे सम्पूर्ण तथ्याङ्क https://covid.saude.gov.br/ बाट दिने गरेको थियो। तर मन्त्रालयले उक्त तथ्यांक हटाएको छ। यसको बारेमा भने मन्त्रालय र राष्ट्रपति बोल्सोनारो दुबैले जवाफ दिएका छैनन्। अहिले उक्त वेवसाइटमा पछिल्लो २४ घण्टाको तथ्यांक मात्र रहेको छ।
ब्राजिलमा हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या ६ लाख ७६ हजार नाघेको छ। कोरोना संक्रमित देशहरुको सुचीमा ब्राजिल दोस्रो स्थानमा रहेको छ। यस्तै ३६ हजार मानिसको कोरोनाबाट मृत्यु भएको छ।
कोरोनाभाइरसको महामारी सुरू भएपछि ब्राजिलका राष्ट्रपति बोल्सोनारो विवादमा तानिएका छन्। महामारीकै बीच उनको मन्त्रिपरिषदका दुई जना स्वास्थ्य मन्त्रीले राजीनामा दिइसकेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment