एमसीसीको विरोधमा पूर्वप्रधानसेनापति थापाको कडा अभिब्यक्ति

डिसी नेपाल
२६ जेठ २०७७ ७:०७

काठमाडौं। नेपालको राजनीतिक तहमा अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलिनियम च्यालेन्स कर्पोरेशन(एमसीसी)बारे चर्को विवाद भइरहेका बेला नेपाली सेनाका एकजना पूर्व प्रधानसेनापतिले यसबारे खरो टिप्पणी गरेका छन्। उनले एमसीसीलाई अमेरिकी सेना नेपाल ल्याउने योजना भएको भन्दै एमसीसी कुनै हालतमा पारित गर्नु नहुने टिप्पणी गरेका छन्।

नेपाली सेनाको नेतृत्व गरेको समयमा निकै रणनीतिक व्यक्तित्वसमेत मानिने पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापाले यस्तो टिप्पणी गरेका छन्। प्राय राजनीति र कुटनीतिका विषयमा कुनै सार्वजानिक टिप्पणी नगर्ने पूर्वसेनापति थापाले एमसीसीबारे सामाजिक सञ्जाल फेसबुकमा गरेको टिप्पणीले सेनाभित्र पनि हलचल ल्याएको छ।

उनले जेठ २४ गते शनिबार आफ्नो आधिकारिक फेसबुक पेजमा हाम्रो भूमि अमेरिकीहरुलाई प्रयोग गर्ने कुराको विरोध गर्दै लेखेका छन्, ‘हामी तिनीहरुलाई चाहदैनौं।’
उनले अंग्रेजी भाषामा लेखेको स्ट्याटसमा नेपालका नेताहरुप्रति असन्तुष्टि पनि व्यक्त गरिएको छ।

उनले नेताहरुले अमेरिकाका लागि नेपालको भूभाग प्रस्ताव गर्न वाध्य भएको भन्दै आलोचना गरेका छन्। उनले लेखेका छन्, “एमसीसी अमेरिकी सेनाको नेपालभित्र प्रवेशका लागि एउटा पाइला हो। हामीलाई उनीहरुको खाँचो छैन। हाम्रा विद्वान बुद्धिजीवीहरु र र बुद्धिमान राजनीतिक मास्टरहरुले अमेरिकाद्वारा प्रयोगको लागि हाम्रो क्षेत्र प्रस्ताव गर्न बाध्य महसुस गर्छन्। हामी तिनीहरुलाई चाहँदैनौं।’

पूर्वसेनापति थापा अमेरिकाको पेिन्सलभेनियास्थित अमेरिकी सेनाको वार कलेजबाट वार कलेज कोर्ष पूरा गर्ने थोरै सैनिक जनरलमध्येका एक हुन्। उमेरले ८० काटिसकेका र पूर्वप्रधानसेनापतिहरु गौरबसमशेर राणा तथा राजेन्द्र क्षेत्रीका गुरुसमेत मानिने पूर्वसेनापति थापाले जुन ४ मा एक अर्को स्ट्याटस लेख्दै एमसीसी नेपालका लागि अस्वीकार भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘एमसीसी नेपालका लागि अस्वीकार्य छ। हामीलाई तिम्रो च्यारिटी स्वीकार्य छैन।’

अमेरिकाले नेपालको विकासका लागि ५०० मिलियम डलर रकम दिने गरी सडक र विद्युतका प्रोजेक्टहरुसमेत छनौट भइसकेका छन्। तर, सत्तारुढ दलका बीचको विवादले एमसीसी संसदमा प्रस्तुत हुन सकेको छैन। सत्तारुढ दलभित्र बरिष्ठ नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, नारायणकाजी, माधव नेपालसहित एमसीसीको विरोधमा देखिएका छन्।




प्रतिक्रिया

6 thoughts on “एमसीसीको विरोधमा पूर्वप्रधानसेनापति थापाको कडा अभिब्यक्ति

  1. I totally see eye to eye with General Thapa’s views on MCC. It will invite the fickle finger of fate for Nepal, if implemented.

    1. I totally see eye to eye with General Thapa’s views on MCC. It will invite the fickle finger of fate for Nepal, if implemented.

  2. पूर्व माहारथिको भनाई नेपाल अनि नेपालीको सार्वभौमिक अधिकारको पक्षमा छ यस्तै टिप्पणि वाहालवाला सेनापतीवाट पनि आउने विश्वास लिएका छन नेपाली जनताले MCC नेपाल 🇳🇵 को हितमा छंदै छैन यो अश्विकार गरेर यो क्षेत्रमा नेपालले आफ्नै लगानी गर्नु पर्दछ

  3. I totally see eye to eye with General Thapa’s views on MCC. It will invite the fickle finger of fate for Nepal, if implement

  4. I totally see eye to eye with General Thapa’s views on MCC. It will invite the fickle finger of fate for Nepal, if implemented.

  5. जसरि पनि यो एमसीसी सम्झौता संसदबाट पास गराई नेपालको एकदम मुल्यवान यूरेनियम खानी लुट्न र चीनलाइ टक्कर दिन, स्वतन्त्र तिबत बनाउन बिगतको खम्पा बिद्रोहभन्दा पनि खतरनाक कमान्डो फोर्स बनाइ नेपाललाइ रनक्षेत्र बनाउन चाहन्छन र नेपाललाइ अमेरिकाको उपनिवेश बनाइ नेपालीहरुलाइ आधुनिक युगका गुलाम (दास) बनाउन चाहन्छन !

    यसको लागि एम्बास्सीको फर्कन लागेका कुनै कुतिनितिग्यबाट यो हिन्द प्रशान्त रणनीति अन्तर्गत पर्दैन भनेर नक्कली रुपमा बक्तब्य निकाल्न र मध्येमार्गी धार बोक्ने नेताहरु लाइ अरबौं रुपियाको थैली आधा पास गर्नु भन्दा अगाडी र आधा पास गरेपछि दिने र कोरोना को बहाना बनाउंदै जनतालाइ लक्डाउनमा कैद गर्दै संसदबाट अनुमोदन गरायर यसलाई ब्रम्हास्त्रको रुपमा उपयोग गर्ने ठुलो षड्यन्त्र भैसकेको गोप्य सूचना आयकोले सम्पूर्ण नेपाली जनतालाइ मृत्युको परबाह नगरी निजि पार्टी बैठक गर्नै नहुने सरकारी आवास बालुवाटारमा धावा बोल्न देशभक्त नेपाली मोर्चा देनेमो आव्हान गर्दछ !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *