चीनमा हजारौं सैनिकले युद्धाभ्यास गरेपछि भारत तनावमा

डिसी नेपाल
२६ जेठ २०७७ १०:४८

काठमाडौं। भारतसँगको सीमा विवाद उत्कर्षमा पुगेका बेला चीनको सरकारी संचारमाध्यमले आइताबर हजारौं सैनिकले युद्धाभ्यास गरेको भिडियो शेयर गरेको छ।

उक्त भिडियोमार्फत चिनियाँ संचारमाध्यमले सीमामा चीनले कुनै पनि बेला आफ्ना सशस्त्र सैनिक उतार्न सक्ने चेनावनी दिन खोजेको भारतीय संचारमाध्यमले जनाएका छन्। भारतका वुद्धिजिवीले चीनको यो कामलाई पुरानै बानी भनेका छन्। अब भारतले पनि यसैगरी चीनमाथि नैतिक दवाव सृजना गर्नुपर्ने बताएका छन्।

ग्लोबल टाइम्सले  पीपुल्स लिबरेशन आर्मी (पीएलए) ले चीनको उत्तर पश्चिमको अग्लो क्षेत्रमा ठूलो संख्यामा सैनिकले परेड खेलिरहेको दाबी गरेको छ। उक्त भिडियोमा हजारौंको संख्यामा प्याराट्रूपर्स र बख्तरबन्द गाडी देख्न सकिन्छ।

ग्लोबल टाइम्सको रिपोर्टमा के आवश्यक ठाने चीनले आफ्नो सीमा क्षत्रे कसरी बलियो बनाउन सक्छ भन्ने पनि देखाइएको छ। शनिबार चाइन सेन्ट्रल टेलिभिजन (सीसीटीवी) ले पीएलए एयरफोर्सको एयरबोर्न ब्रिगेडले हुबेई प्रान्तबाट हजारौं किलोमिटर टाढा उत्तर–पश्चिम चीनको अज्ञान स्थलमा युद्धाभ्यास गरेको बताएको थियो।

भारतीय रक्षा विश्लेषक नितिन गोखलेले ट्वीट गर्दै भनेका छन्, ‘चीन एउटा धारणा बनाउन लागिपरेको छ। चीन आफ्ना सिपाही धरैं उँचाइ भएको क्षेत्रमा युद्ध गर्न तयार रहेको सन्देश दिन चीन लागिपरेको छ। शायद यो यस्तो समय हो अब हामीले पनि चीनको दिमागमा खेल्नुपर्छ।’

भारतका चीन विशेषज्ञ ब्रम्ह चेनालीले चेतावनी दिँदै भएका छन्, ‘भारतले चीनसँग दोस्तीको हात बढायो, तर चीनको कम्युनिष्ट तानाशाहीले लदाखमा आक्रामकता देखाएका छन्। यो घटना माओले १९६२ को सैन्य आक्रमणको सम्झना दिलाउँछ। भारत सकर्त रहनुपर्छ।’

पूर्वी लद्दाखमा चीन र भारतका सेनाबीचको तनाव अन्त्य गर्ने विषयमा शनिबार लेफ्टिनेन्ट जनरल तहमा सैन्य कमाण्डरबीच वार्ता भएको थियो। आइतबार विदेश मन्त्रालयले यसको जानकारी दिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *