निर्माण चरणको अन्तिम अवस्थामा रानीपोखरी (फोटोफिचर)

डिसी नेपाल
२७ जेठ २०७७ १८:०३

काठमाडौं । काठमाडौं उपत्यकाको मुटुमा रहेको रानीपोखरी निर्माण चरको अन्तिम अवस्थामा पुगेको छ । २०७२ साल वैशाख १२ गते गएको महाविनासकारी भूकम्पबाट तहसनहस भएको रानी पोखरी ५ वर्षपछि पुरानै शैलीमा आउने भएको छ ।

रानीपोखरीको काम लकडाउनमा पनि निरन्तर भइरहेको छ । विश्वमा कोरोनाको महामारी फैलिन थालेपछि सरकारले गत चैतको ११ गतेदेखि नेपालमा कोरोना फैलिन नदिन लकडाउन सुरु गरेको थियो । जेठ ३२ गतेसम्म औपचारिक जारी रहेको लकडाउनका बेला पनि रानी पोखरी निर्माणको काम निरन्तर चलिरहेको छ ।

दैनिक झण्डै ३० जनाले रानी पोखरीको निमार्णका लागि पसिना बगाइरहेका छन्। कोरोनाको कहरमा सामाजिक दुरी कायम गर्दै व्यक्तिगत सुरक्षाका सामग्री सहित काम गराएको रानीपोखरी उपभोक्ता समिति सदस्य विपेन्द्र खड्गीले जानकारी दिए।

हेर्नुहोस् सुन्दर रानीपोखरीका तस्वीरहरु


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *