ओमनबाट असार १ गते नेपालीको उद्धार हुँदै, भाडा ११५ रियाल

डिसी नेपाल
२८ जेठ २०७७ ७:४७

काठमाडौँ । ओमनमा अलपत्र परेका नेपालीहरुको असार १ गते उद्धार हुने भएको छ । ओमनबाट नेपाल फर्किने प्राथमिकतामा परेका नेपालीहरुलाई लिएर सलाम एयरको विमान जुन १५ (असार १ गते) नेपाल आउने भएको ओमनस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ, “प्राथमिकतामा परेका नेपालीहरुलाई लिएर असार एक गते सलाम एयर नेपाल जाँदैछ । घर फर्कने नेपालीहरुले विमान भाडा भने आफैँले तिर्नुपर्छ । जसका लागि कोरोना नेगेटिभ रिर्पोट अनिवार्य छ ।”

यस्तै, दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुले आफूलाई पायक पर्ने ठाउँमा कोरोना जाँच गराउन भनेको छ ।

कोरोना नेगेटिभ देखिएसँगै टिकटका लागि सलाम एयरको कलसेन्टर २४२७२२२२ नम्बरमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । अन्य जानकारीका लागि नेपाली दूतावासका निम्न नम्बरहरुमा ७१५९२४९०, ७१५९२५०६७१५३०८४० सम्पर्क गर्न सकिने छ ।

ओमनबाट नेपाल फर्कनका लागि ११५ ओमानी रियाल अर्थात करिब साढे ३६ हजार नेपाली रुपैयाँ भाडा लाग्ने छ ।

पीसीआर टेस्ट रिर्पोट आएकाहरु नेपाल फर्किएर क्वारेन्टिनमा नबसी सिधै घर जान पाउने दूतावासले जनाएको छ ।

दूतावासले पीसीआर जाँच गर्ने ठाउँ र सम्पर्क नम्बरहरु पनि उपलब्ध गराएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *