आइतबार बंगलादेशमा अलपत्र नेपालीलाई काठमाडौँ ल्याइँदै

डिसी नेपाल
२८ जेठ २०७७ १०:४६

काठमाडौँ । आगामी आइतबार बंगलादेशमा अलपत्र परेका नेपालीहरुलाई काठमाडौँ ल्याइँदै छ। बुधबार बिहानसम्म बंगलादेशमा रहेकामध्ये २९ जना नेपाली स्वदेश फर्किनका लागि पहिलो प्राथमिकतामा परेका छन् ।

दूतावासका अनुसार, नेपाल फर्किन चाहनेहरुले आफ्नो विमान खर्च र फर्केपछि लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारको आदेशमा व्यवस्था भए बमोजिम स्वयंले व्यहोर्नुपर्ने छ भने कोरोना भाइरस व्यक्तिगत परिक्षणमा नेगेटिभ भएको प्रमाण अनिवार्य हुनुपर्ने छ ।

नेपाल आउनका लागि विमान भाडा १६५ अमेरिकी डलर अर्थात १४००० टाका (१९,९५८ नेपाली रुपैयाँ) लाग्ने पनि दूतावासले प्रष्ट पारेको छ । आइतबार नेपाल एयरलाइन्सको विमानले ढाकामा रहेका नेपाली काठमाडौँ ल्याउनेछ ।

दूतावासले सूचीको प्राथमिकतामा परेका व्यक्तिहरुलाई यथाशिघ्र कोरोना परिक्षण गर्न पनि भनेको छ । यात्रुले भर्नुपर्ने व्यक्तिगत विवरण फारम उडान अगावै भरी ल्याउनुपर्ने छ । सो फारम www.ccmc.gov.np मा उपलब्ध छ।

दूतावासको पहिलो प्राथमिकतामा परेका व्यक्तिहरु

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *