अमेरिकी वायु सेनामा पहिलो अश्वेत नागरिक

डिसी नेपाल
२८ जेठ २०७७ २१:५९

वासिङ्टन । अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायु सेना प्रमुखको पदमा जनरल चाल्र्स ब्राउन जुनियरको नामलाई अनुमोदन गरेको छ । अमेरिकी सेनामा महत्वपूर्ण सेवा मानिएको वायु सेनामा नेतृत्व गर्न पाउने उनि पहिलो अश्वेत नागरिक भएका छन् ।

सिनेटमा भएको मतदानमा ब्राउनको पक्षमा ९८ तथा विपक्षमा शून्य मत परेको थियो । सिनेट बैठकको अध्यक्षता गरेका उपराष्ट्रपति माइक पेन्सले ब्राउनको मनोनयन ऐतिहासिक रहेको बताए।

प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि अमेरिकी समाज र राजनीतिक क्षेत्र तनावमा छ । यहीबीच भएको सिनेट सुनुवाईमा ब्राउनको पक्षमा सर्वसम्मत भएको थियो ।

ब्राउनले हालैका दिनहरुमा अमेरिकी प्रशान्त वायु सेनाको कमान्डरका रुपमा सेवा गरेका थिए। उनि स्वयं लडाकू बिमानका पाइलट रहनुका साथै उहाँले दुई हजार ९०० घण्टा सैनिक बिमान उडाएका थिए।

ब्राउन सन् १९८४ मा अमेरिकी वायु सेनामा अधिकृतमा भर्ना भएका थिए । उनले वायु सेनाभित्र विभिन्न पदमा रहेर सेवा गरेका छन्। उनले एफ–१६ लडाकू बिमानको प्रशिक्षकका रुपमा पनि काम गरेका थिए ।

सन् २०१९ को जनगणना अनुसार अमेरिकामा सेनातर्फ १७ प्रतिशत अफ्रिकी–अमेरिकी मूलका रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *