जर्ज फ्लोएड र डेरेकले पहिलेदेखि एक अर्कालाई चिन्थे, दुईबीच पुरानो विवाद थियो

डिसी नेपाल
२९ जेठ २०७७ ९:३७

काठमाडौं। अमेरिकाको मिनियापोलिसमा पुलि हिरासतमा मारिएका अश्वेत नागरिक जर्ज फ्लोएड र उनको घाँटी घुँडाले थिच्ने पुलिस अधिकारी डेरेक चाउभिनले पहिलेदेखि नै एक अर्कालाई चिनेको र ती दुईबीच पुरानो विवाद पनि रहेको खुलासा भएको छ ।यी दुईले पहिले साथमा एक नाइट क्लवमा काम गरेको र त्यहीँ विवाद भएको उनीहरुका एक सहकर्मीले खुलासा गरेका हुन् ।

उनीहरुका सहकर्मी डेभिड पिन्नेले सिएनबीसी न्यूजलाई दिएको एक अन्तरवार्तामा यी दुईबीच पहिलेदेखि नै चिनजान मात्र नभइ उनीहरुबीच झगडा पनि भएको थियो र झगडाको क्रममा यी दुईले टाउको समेत ठोक्याएका थिए । क्लवमा उनीहरुबीच विवाद भएको थियो र डेरेकले केही संरक्षणहरुसँग आक्रामक रुपमा प्रस्तुत भएका थिए ।

यी दुवैले मंगलबार बेलुकीको सुरक्षाकर्मीको रुपमा एल नुएभो रोडियो नाइट क्लवमा काम गरेका थिए । यो क्लवलाई फ्लोएडको मृत्युपछि प्रदर्शनकारीले तोडफेड गरेका छन् । फ्लोएडको मृत्युपछि उनको परिवारले डेरेकविरुद्ध फर्स्ट डिग्री हत्याको अभियोगसहित उजुरी दिएका छन् । यो अभियोग लगाउनको लागि फ्लोएडलाई पक्राउ गर्दाको भिडियोमा कुनै प्रमाण भेटिन्न तर पिन्नेको यो बयानले भने उनीमाथि यो अभियोग लगाउन बाटो खोल्न सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *