लद्दाखको वास्तविक नियन्त्रण रेखामा १० हजार चिनियाँ सैनिक

डिसी नेपाल
२९ जेठ २०७७ १४:३०

काठमाडौं। भारत चीन सीमा क्षेत्रको लद्दाखमा १० हजार सैनिक तैनाथ गरिएका छन् । भारतले चीनमाथि वास्तविक नियन्त्रण रेखा (एलएसी) नाघेर भारतीय भूमिमा प्रवेश गरेको आरोप लगाउँदै चिनियाँ सेनालाई पछि हट्न भनेको छ तर चिनियाँ सेना पछि हट्न मानिरहेको छैन ।

चीनले यहाँको ग्याल्वन उपत्यका आफ्नो भएको भन्दै त्यो क्षेत्र छोड्न मानेको छैन जबकि भारतले ग्याल्वन उपत्यकालाई एलएसी मान्दै त्यहाँ दुवै पक्षका सैनिकले गस्ती गर्न पाउनुपर्ने माग गरिरहेको छ । यो विवाद सुल्झाउनको लागि सैन्य कमाण्डर स्तरीयवार्ता जारी छ । आज पनि वार्ताहुने भनिएको छ तर अहिलेसम्म यसबारे कुनै जानकारी प्राप्त भएको छैन ।

भारतले सैनिक कमाण्डरस्तरीय वार्तामा दुई देशले कूटनैतिक रुपमा विवाद समाधान गर्ने सहमति भएको दावी गरिरहेको छ तर चीनले भने पछि हट्न नमानेको रिपोर्ट आएको छ । चीनले भारतको आग्रहलाई ठाडै अस्वीकार गरेको र सैन्य कमाण्डर स्तरीय वार्तामा पनि भारतको तुलनामा तल्लो दर्जाका सैनिक अधिकारी पठाएर भारतको अपमान गरेको भारतीय मिडियाले नै लेखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *