बेइजिङमा ५६ दिनपछि कोरोना देखियो, विश्वभर ७५ लाख ३९ हजार कोरोना संक्रमित

डिसी नेपाल
३० जेठ २०७७ ७:१४

काठमाडौं। हालसम्म विश्वमा कोरोना भाइरसका कारण ४ लाख २१ हजार ३९० जनाको मृत्यु भएको छ। संक्रमितको संख्या बढेर ७५लाख ३९ हजार ५६५ पुगेको छ।
यसैगरी ३८ लाख २२ हजार ६३९ जना उपचारपछि निको भाएका छन्। चीनको राजधानी बेइजिङमा ५६ दिनपछि पछि कोरोना भाइरस देखिएको छ।

बिहीबार चीनमा जम्मा १६ जना मानिस संक्रमित भेटिएका थिए। चाइना डेलीको समाचारका अनुसार चीन सरकाले विदेशका साथै विभिन्न शहरहरुबाट आएका व्यक्तिहरुमा क्वारेन्टाइनमा कडा नियमहरु लागू गरेको राखेको छ। जुन ५ देखि कोरानाको कडा नियमलाई बेइजिङले केही खुकुलो बनाएको थियो।

उता युरोपेली मुलुहरुले एक जुलाईदेखि सीमा नाका खुला गर्ने जनाएका छन्। युरोपियन आयोगले सबै ईयू देशहरुलाई गैरयुरोपियन देशहरुको सूची दिन आग्रह गरेको छ। जहाँका मानिसहरुलाई आउने अनुमति दिन सकिने जनाइएको छ।

युरोपियन युनियन (ईयू) ले चीन र रसियाले महामारीको बारेमा गलत जानकारी फैलाइरहेको आरोप लगाएको छ। ईयूले दुबै देशहरूले गलत सूचनामार्फत आफ्नो छवि निर्माण गरिरहेको आरोप लगाएको छ। ईयूका उपाध्यक्ष भेरा जुरोवाले ब्रसेल्समा भने, ‘ यो स्वीकार गर्न सकिँदैन।’ उनले दुबै देशलाई नक्कली समाचार बन्द गर्न आग्रह गरेका छन्।

उता पाकिस्तान मुस्लिम लीग (नवाज–पीएमएल–एन) का अध्यक्ष तथा राष्ट्रिय सभामा विपक्षी दलका नेता शाहबाज शरीफ कोरोना भाइरस संक्रमित भएका छन्। पार्टी प्रवक्ता मरियम औरंगजेबले बिहीबार संक्रमणको पुष्टि गरेका हुन्।

क्यान्सरको लडाई जितेका ६९ वर्षका शरीफ घरमा अलग्गै छन्। जियो न्यूजसँग कुरा गर्दै पीएमएल–एनका प्रतिनिधि अता तारारले भने–शरीफले सामान्य लक्षण देखिएपछि अनुसन्धान भइरहेको छ। जुन १० मा आएको रिपोर्टमा उहाँमा कोरोना पुष्टि भएको हो।’

पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँच हजार ८ सय ३४ कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा पुष्टि भएका मध्ये यो नै सबैभन्दा ठूलो संख्या भएको पाकिस्तानी संचारमाध्यमले जनाएका छन्। सरकारले पाकिस्तानमा लकडाउन अन्त्य गरेको छ।

लकडाउनको हटाएसँगै पाकिस्तानमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ। पाकिस्तानमा हालसम्म १ लाख २२ हजार भन्दा धेरै संक्रमित देखिएका छन्। उहाँ २ हजार ३ सय ९४ जनाको मृत्यु भइसकेको छ। पाकिस्तानको सिन्ध र पंजाब प्रान्तमा सबैभन्दा धेरै संक्रमित देखिएका छन्। संक्रमितको संख्या बढ्दै गएपछि डब्ल्यूएचओले त्यहाँ फेरि लकडाउन लगाउने घोषणा गरेको छ।
गरेको छ।

उता श्रीलंकामा संसदीय चुनाव कोरोना संक्रमणको कारण फेरि स्थगित भएको छ। यो निर्वाचने २० जूनमा हुने तय भएको थियो, निर्वाचन अब पाँच अगस्टमा हुने भनिएको छ। अघिल्लो चुनाव २५ अप्रिलमा हुने तय भएको थियो। यस पटक चुनावमा सामाजिक दूरी र मास्क लगाउने निर्देशनहरू लागू भइरहेका छन्। हालसम्म श्रीलंकामा १८७३ कोरोना संक्रमित देखिएका छन् भने ११ जनाको मृत्यु भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *