कर्णालीमा ७ सय ६३ जना काेराेना सङ्क्रमित
फाइल फाेटाे।
सुर्खेत। कर्णालीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७६३ पुगेको छ। बिहीबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७६३ पुगेको हो।
कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा दैलेखका ४८, सुर्खेतका छ र काठमाडौँ बूढानीलकण्ठ–२ निवासी हाल चिङ्गाड गाउँपालिका–५ सुर्खेतमा बस्दै आएका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखमा प्रमुख डा लक्ष्मीनारयाण तिवारीले जानकारी दिए।
महाशाखा प्रमुख डा तिवारीका अनुसार दैलेख डुङ्गेश्वर गाउँपालिका छ महिने बच्चा, चार महिलासहित ३९, वडाभैरव, खोर, खगेना, रुम, तुम्लुङ, तुर्सुका नौ जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै सुर्खेत चिङ्गाड गाउँपालिकाका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment