भारतमा कोरोना समुदायमा फैलिएको छैन : आइसिएमआर

डिसी नेपाल
३० जेठ २०७७ १६:३२

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको यहाँको एक अनुसन्धानबाट पत्ता लागेको समाचारमा जनाइएको छ । राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा भारतको एक संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च काउन्सिलले सो कुराको जानकारी दिएको हो ।

उक्त संस्थाका डिजी बलराम भर्गवले भारतमा समुदायस्तरमा कोरोनाको भाइरस फैलिएको नपाएको शुक्रबार दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनले भारतमा निकै कम रफ्तारमा मात्र कोरोना भाइरस फैलिएको पाइएको पनि एक अनुसन्धानबाट देखिएको जानकारी गराएको बताइएको छ ।

उनले भारतका ग्रामीण तहा साना जिल्लाहरुमा कोरोनाको संक्रमण दर एक प्रतिशत मात्र रहेको र सहरमा यसको संक्रमण दर एक प्रतिशतभन्दा केही मात्र बढी देखिएको बताएका छन्। तर भारतको जनसंख्या धेरै रहेकोले यदि समुदायमा फैलिन थालेमा यसबाट ठूलो क्षति हुने पनि उनले बताए। यसैकारणले पनि भारत सरकारले कोरोना भाइरसको परीक्षणको दायरालाई अझ व्यापक बनाउनुपर्ने जानकरी दिए।

उनले अहिले भारतमा हरेक दिन एक लाख ५० हजार जनाको परीक्षण गर्ने गरिएको बताए। तर भारतसँग दिनमा कम्तीमा पनि दुई लाख जनाको परीक्षण गर्न सकिने क्षमता रहेकोले परीक्षणको संख्यालाई पनि दिन प्रतिदिन बढाउदै लैजानुपर्ने सुझाव दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *