पाकिस्तानका मन्त्रीले लेखे – ‘नेपालका साहसी जनप्रतिनिधिलाई बधाइ !’

डिसी नेपाल
३२ जेठ २०७७ १३:३०

काठमाडौं। नेपालले आफ्नो शंशोधित नक्सालाई अनुमोदन गर्ने गरी संविधान संशोधन विधेयक पारित गरेपछि यस विषयमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । भारतीय मिडिया र सत्तापक्षका नेताहरुले यसलाई नेपालको दुस्साहसको रुपमा चित्रण गरेका छन् । उनीहरुले नेपाललाई गलत गरेको भन्दै सच्चिन भनिरहेका छन् भने प्रतिपक्ष कांग्रेसका नेताहरुले भने मोदी सरकारले ७० वर्षदेखि कांग्रेसले राखेको नेपाल–भारत सुमधुर सम्बन्ध बिगारेको आरोप लगाइरहेका छन् ।

यही बीचमा पाकिस्तानका एक मन्त्रीले नेपाललाई बधाइ दिएका छन् । पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुनेन चौधरीले अल जजीराको एक समाचार ट्वीट गर्दै नेपाललाई बधाइ दिएका हुन् । उनले लेखेका छन् ‘नेपालका ाहसी जनताका प्रतिनिधिहरुलाई बधाइ । तपाइँहरुले नक्सा संशोधन गर्नुभएको छैन, तपाइँहरुले कथित ठूला देशहरुले गरेको आक्रमण र बदमासीविरुद्ध सम्मानजनक राष्ट्रले कसरी प्रतिक्रिया जनाउँछन् भन्ने देखाउनुभएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *