कतारबाट फर्कनेको सूची सार्वजनिक, पाँच हजार ११२ जना प्राथमिकतामा
काठमाडौँ। कतारको दोहास्थित नेपाली दूतावासले कतारमा समस्यामा परेर तत्काल स्वदेश फर्किनुपर्ने नेपालीको सूची सार्वजनिक गरेको छ।
प्राथमिकतामा परेका र कम्पनीले नै नेपालीको स्वदेश फिर्तीका लागि विवरण टिपाएका गरी कुल छ हजार ७७ जनाको विवरण दूतावासले सार्वजनिक गरेको हो। दूतावासका अनुसार विभिन्न कारणले समस्यामा परेका पाँच हजार ११२ जना प्राथमिकतामा परेका छन् भने ९६५ जनाको स्वदेश फिर्तीका लागि कम्पनीले नै दूतावासमा विवरण टिपाएका छन्।
कम्पनीले नै स्वदेश फर्काइदिने नेपालीको कम्पनीले नै टिकटको व्यवस्था गरिदिने छन् भने अन्य विभिन्न कारणले समस्यामा परेका र कम्पनीले पनि टिकट नदिएमा नेपाली आफैँले टिकट लिनुपर्नेछ। कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो चरणमा चारवटा उडान हुनेछन् तर दूतावासले अहिले सार्वजनिक गरेको सूचीअनुसार पहिलो चरणमा सबै नेपाली फर्कन पाउने छैनन्।
गाेरखापत्र दैनिकका अनुसार दूतावासले उनीहरूबाट पनि प्राथमिकता छुट्याएर पहिलो चरणमा प्राथमिकतामा परेका नेपालीको सूची फेरि सार्वजनिक गर्ने या व्यक्तिगत रूपमै सम्पर्क गरेर जानकारी गराउने जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment