सोमाली सेनाको कारबाहीमा १३ जना लडाकूको मृत्यु
मोगादिशु । सोमालियाको राष्ट्रिय सेनाले जुबा प्रान्तको दक्षिणी क्षेत्रमा गरेको भिषण सैन्य कारबाहीमा अल–शबाबका १३ जना लडाकूको मृत्यु भएको छ।
सोमाली सेनाका प्रवक्ता अलि मोहमदले स्थानीयबासीले दिएको सूचनाका आधारमा सैन्य कारबाही गरिएको जानकारी दिए । उनले जुबाको अफमाडाओ शहरमा विद्रोही अल–शबाब विरुद्ध सेनाले कारबाही गरेको स्पष्ट पारे ।
प्रवक्ता मोहमदले विद्रोहीबाट सेनाले हातहतियार र गोलाबारुद बरामद गरेको पनि बताए । स्थानीयबासीले बान्का जिरा गाउँमा सेना र अल–शबाबका लडाकूबीच भिडन्त भएको बताएका छन्।
गत जुन ७ मा सोमाली सेना र अल–शबाबबीच हुदुर नगरमा भएको भिडन्तमा अल–शबाबका ३७ जना लडाकूको ज्यान गएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment