‘मेरी बास्सै’का कलाकारको रुकुम घटनामा आधारित ‘सर्ट फिल्म’ सार्बजनिक

डिसी नेपाल
२ असार २०७७ ८:१८

काठमाडौँ । रुकुमको चौरजहारीमा भएको सामुहिक हत्याकाण्डबारे कलाकारहरुले छोटो चलचित्र (सर्ट फिल्म) निर्माण गरेका छन् ।

मेरी बास्सैका चर्चित कलाकारद्वय दिवाकर भन्डारी (सापटी काका) र लेखान्त भुसाल (घिरौले) ले रुकुमको सामुहिक हत्याकाण्डमा आधारित सर्ट फिल्म (इतिहास) निर्माण गरेका हुन् ।

लकडाउनका बेला समाजमा घट्ने जातीय छुवाछुतलाई अन्य गरौं भन्ने संन्देशसहित आफुँहरुले उक्त भिडियो निर्माण गरेको कलाकार लेखान्त भुसाल (घिरौले) ले डिसी नेपाललाई बताए ।

उनले भने “हामीले समाजमा घटेका जातीय छुवाछुतबारेका घटनालाई समेटेर सर्ट फिल्म निर्माण गरेका छौँ । यसले थोरै भएपनि समाजमा सकारात्मक सन्देश दिनेछ । हामी केही दिनमा अर्को भाग पनि सार्बजनिक गर्नेछौँ ।”

इतिहास (सर्ट फिल्म) कलाकारद्वय दिवाकर भण्डारी र लेखान्त भुसालको लेखन तथा निर्देशनमा निर्माण भएको हो ।

उक्त भिडियोमा दिवाकर भण्डारी, लेखान्त भुसाल, सविना भण्डारी, विष्णु खड्का काकी, गोकुल विसी, शंकर ओझा लगायतले अभिनय गरेका छन् । भिडियो मिडिया हबको अफिसियल च्यानल मार्फत सार्बजनिक भएको छ।

यस्तो छ रुकुम घटनामा आधारित भिडियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *