नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

डिसी नेपाल
३ असार २०७७ ७:५५

काठमाडौं । बाँकेमा उपचारका क्रममा ज्यान गुमाएकी ४६ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

सोमबार, नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा उपचारका क्रममा बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको मृत्यु भएको थियो ।

उनको मंगलबार आएको कोरोना टेष्ट रिर्पोट पोजेटिभ आएको बैजनाथ गाउँपालिकाका प्रमूख मान बहादुर रुचाल ठकुरीले डिसी नेपाललाई बताए।

ठकुरीले भने, “११-१२ दिनदेखि उपचाररत उहाँको सोमबार साँझ निधन भयो । मंगलबार साँझ उहाँकाे पिसिआर रिर्पोट पोजेटिभ आएको छ । उहाँमा केही समयदेखि निमाेनिया पनि देखिएकाे थियाे । हामीले अहिले साबधानी अपनाउँदै कन्ट्रयाक ट्रेसिङको काम गरिरहेका छौँ । डराइहाल्नुपर्ने अवस्था छैन।”

केही समयदेखि निमोनियाले पीडित महिलाको स्वास्थ्य गम्भीर हुँदै गएपछि गत जेठ ३० अस्पताल भर्ना गरिएको थियो।

बाँकेमा मृतकको संख्या २ पुग्यो

बाँकेमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि जेठ ४ गते नरैनापुर ५ का २५ वर्षीय युवकको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट १९ जनाको मृत्यु भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *