भारतमा मंगलबार विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु

डिसी नेपाल
३ असार २०७७ ८:११

काठमाडौँ । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । भारतमा मंगलबार मात्रै २ हजार ६ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ। यो २४ घण्टामा ज्यान गुमाउनेको संख्या विश्वकै सबैभन्दा धेरै हो ।

यो सँगै भारतमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९२१ पुगेको छ । बुधबार ११ हजार १३५ नयाँ संक्रमित पनि थपिएका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ५४ हजार १६१ पुगेको छ ।

यस्तै, दिनप्रतिदिन संक्रमित बढिरहँदा भारत विश्वकै सबैभन्दा धेरै काेराेना प्रभावित देशहरुको सूचिमा चौंथो नम्बरमा उक्लिएको छ ।

५९ लाख २१ हजार ६९ कोरोना परीक्षण गरिएको भारतमा संक्रमितमध्ये १ लाख ८७ हजार ५५२ जना निको भएर घर फर्किसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *