सुर्खेतमा आत्महत्या गरेकी युवती कोराना संक्रमित

डिसी नेपाल
३ असार २०७७ १९:२०

काठमाडौं। सुर्खेतमा क्वारेन्टिनबाट फर्केपछि आत्महत्या गरेकी एक युवतिमा कोरोना भारइरसको संक्रमण भएको पुष्टि भएको छ। सुर्खेतको सिम्ता गाउँपालिकाकी २५ वर्षीया युवतिले असार १ गते आत्महत्या गरेकी थिइन्। उनी घर नजिकै रुखमा झुण्डिएकी थिइन्।

भारतबाट फर्केपछि श्रीमान र ३ वर्षीयाँ छोरीसहित क्वारेन्टिन बसेर आरडीटी जाँचमा रिपोर्ट नेगेटिभ आएपछि उनी घर गएकी थिइन्। आत्महत्यापछि पोष्टमार्टम गर्दा पीसीआर जाँचपछि कोरोनाको संक्रमण पुष्टि भएको कर्णाली प्रदेश समाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

शवको अन्तिम संस्कार नेपाली सेनाले गर्ने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *