आफ्ना २० जना सैनिक मारिएपछि भारतले सीमा क्षेत्रमा बढायो सैनिक गतिविधि

डिसी नेपाल
३ असार २०७७ २१:१२

नयाँ दिल्ली (एजेन्सी)। चिनियाँ सेनासँगको झडपमा परी २० जना भारतीय सैनिक मारिएपछि चीनसँगको ३ हजार ४ सय किलोमिटर लामो सीमामा भारतले आफ्नो सेनालाई हाई अलर्टमा राखेको छ। गएको सोमबार लद्दाखमा भएको झडपमा २० जना भारतीय सैनिक मारिएका थिए।

चीनसँगको सीमा रहेको गाउँहरु खाली गराइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यस्तै सीमा क्षेमा मोबाइल, फोन सेना अवरुद्ध पारिएको छ।

श्रीनगरबाट लेह लद्दाखसम्म जाने राष्ट्रिय राजमार्ग सर्वसाधारणका लागि बन्द गराइएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले उल्लेख गरेको छ।

भारतले चीनको सीमा क्षेत्रमा युद्ध पोत तैनाथ गर्न पनि जलसेनालाई आदेशको छ। यस्तै लडाकु विमानलाई पनि फरवार्ड वेसमा राखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतको गविधिले युद्धको जस्तै वातावरण बने पनि बुधबार चीन र भारतका विदेशमन्त्रीबीच फोन वार्ता भएको थियो। सो वार्तामा सोमबारको घटनामा दुबै मन्त्रीले एकअर्कामाथि दोषारोपण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *