गलवानमा गोर्खालीको गाथा, फेरि गाेर्खाली खोज्दै भारत

डिसी नेपाल
४ असार २०७७ ७:२६

काठमाडौं। यो त्यही गलवान उपत्यका थियो जहाँ ५८ वर्षअघि भारत र चीनबीच युद्ध भएको थियो। अहिले त्यही ठाउँमा २० भारतीय सैनिक एक कर्णेल दर्जाका कमाण्डरसहित सोत्तर भएका छन्। तर, ५८ वर्षअघि के भएको थियो त? त्यसबेला पनि भारतीय सैनिकहरु मारिएका थिए तर गोर्खालीले छाडेपछि मात्र।

सन् १९६२ को भारत चीन सीमा युद्धको प्रारम्भिक विन्दु गलवान उपत्यकामा त्यसबेला सुवेदार जंगबहादुर गुरुङको नेतृत्वमा गोर्खा रेजिमेण्ट खटिएको थियो। एक प्लाटुन चिनियाँ फौज गोर्खा रेजिमेण्ट बसेको ठाउँमा आई उनीहरुलाई धपाउन खोजेको र त्यसबेलाको हानाहानमा सुवेदार गुरुङ नेतृत्वको गोर्खा फौजले चिनियाँहरुलाई काटेर सोत्तर बनाई मारेको र कतिपयलाई भगाएको थियो। त्यसपछि ३०० चिनियाँ फौजले फेरि गोर्खा रेजिमेण्टको फौजलाई घेरे पनि उनीहरु त्यहाँबाट पछि हट्नु परेको थियो।

चीनसँगको सीमा लडाइको शुरुवातको यो घटना यतिबेला भारतीयहरु सम्झन थालेका छन्। भारतबाट प्रकाशित हुने द वीकले बुधवारको संस्करणमा एउटा समाचार विश्लेषण प्रकाशित गर्दै गोर्खा रेजिमेण्टको त्यो बीरताको प्रसंसा गरेको छ।

र, गोर्खा रेजिमेण्ट हुन्जेलसम्म चीनले कडा आक्रमण गर्न नसकेको सो क्षेत्रमा जब गोर्खा रेजिमेण्टको त्यहाँबाट अन्यत्र सरुवा भई अर्को भारतीय फौज पुऱ्याइयो त्यसपछि भएको लडाईंमा भारतीय सैनिकहरु मारिएको कुरा पनि सो समाचारमा उल्लेख छ। द वीकले शिव कुनाल वर्माको पुस्तक र श्रीनाथ राघवनको ‘वार एण्ड पिस इन मोर्डन इण्डिया’ नामक पुस्तकका प्रसंग उद्धृत गरेको छ।

भारतीय मिडियामा गोर्खा रेजिमेण्टलाई मनोबल उकास्ने खालका यस्ता समाचार प्रकाशित हुन थाल्नु र विदामा बसेका गोर्खा रेजिमेण्टका सैनिकहरुलाई नेपालबाट कामका लागि फर्काउन थाल्नुमा तालमेल देखिएको छ।

यतिबेला भारतीय सेनाको गोर्खा रेजिमेण्टमा कार्यरत नेपालीहरुलाई तत्काल आफ्नो युनिटमा फर्कन आदेश जारी गरिएको छ। भारतीय सेनाको सो आदेशअनुसार नै कोरोना भाइरसको माहामारीमा आफ्नो परिवारको साथमा बस्न आइपुगेका गोर्खा रेजिमेण्टका सैनिकहरु भारत फर्कन थालेका छन्।

यतिबेला भारतीय सेनाको गोर्खा रेजिमेण्टमा कार्यरत नेपालीहरुलाई तत्काल आफ्नो युनिटमा फर्कन आदेश जारी गरिएको छ। भारतीय सेनाको सो आदेशअनुसार नै कोरोना भाइरसको माहामारीमा आफ्नो परिवारको साथमा बस्न आइपुगेका गोर्खा रेजिमेण्टका सैनिकहरु भारत फर्कन थालेका छन्।

रिटायर्ड गोर्खा फौजका व्यक्तिहरुलाई पेन्सन लिन सीमावर्ती भारतीय सहरका बैंकमा जान नदिए पनि भारतीय सुरक्षाकर्मीहरुले गोर्खा फौजमा हाल कार्यरत नेपाली फौजीहरुलाई भारत प्रवेशमा कुनै रोकटोक लगाएको छैन।

यसमाथि पनि भारतले नेपालको सीमा मिचेको कुराले यतिबेला नेपाल र भारतबीचको सम्बन्ध निकै कमजोरमात्र होइन नाजुक अवस्थामा पनि पुगेको छ। अझ भारतका नेताहरु तथा सेनापति समेतले नेपाल र नेपालीलाई चिनियाँ उक्साहटमा लागेको आरोप लगाउंदै आएका छन्। यस्तो अवस्थामा भारतको सीमानामा चीनसँग लड्नका लागि जाने नेपाली गोर्खा फौजको मोराल कस्तो होला?

के चीनसँग लड्न भारतलाई नेपाली र नेपाली मूलका भारतीय गोर्खा फौज नै चाहिने हो भने भारतले किन नेपाल र नेपालीको अपमान गर्ने र यसको सीमानामा दुख दिने काम गर्दछ भन्ने प्रश्न यतिबेला सबै नेपालीको मनमा उठेको छ। भारत र चीनका मिडियाको रिपोर्टहरु हेर्दा यो झडप दुई सेनाबीच हात हालाहाल र मुक्का मुक्कीबाट भएको हो।

विगत केही हप्तादेखि चीन र भारतबीच उनीहरुको सीमा क्षेत्रमा सैनिक उपस्थिति देखाउने एकप्रकारको होडजस्तै देखिएको थियो। दुबै देशको आक्रमक रबैयाका बीचमा सैनिक जनरलस्तरमा बार्ता पनि भए तर दुबै सैनिक जनरलहरु सहमतिमा आउन सकेनन् त्यसैको रिजल्ट सोमबारको मुक्का मुक्की,हानाहान भएको थियो। र, त्यसयता सो सीमा क्षेत्रमा भारत र चीनले फौज बढाउने काम गर्दै आएका छन्।

तनाव नबढाउने दुबैतर्फबाट प्रतिबद्धता व्यक्त भए पनि व्यवहारमा फौज थप्ने कामले कुनै पनि बेला खतरनाक युद्ध भड्कन सक्ने आंकलन गर्न थालिएको छ। त्यसमाथि भारतले गोर्खा रेजिमेण्टलाई त्यहाँ खटाउने हो कि भन्ने डरले सो फौजमा कार्यरत नेपालीका परिवारहरु चिन्तित हुन थालेका छन्। र, अन्यमा चिन्तासँगै भारतको नेपालविरोधी रबैयाले आक्रोश पनि थपिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *