साउदीबाट १५३ जना नेपाली नागरिक लिएर उड्यो हिमालय एयर
काठमाडौं। साउदी अरबबाट १५३ जना नेपाली श्रमिक लिएर हिमालय एयरको जहाज काठमाडौंका लागि उडान भरेको छ। कोरोना संक्रमणका कारण नेपाल आउन नपाएका ८ महिलासहित १५३ जना नेपाली श्रमिक लिएर हिमालय एयरलाइन्सको जहाज काठमाडौं उडेको हो।

सरकारले कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा अलपत्र परेका नपाली नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेसँगै विभिन्न मुलुकमा रहेका नेपाली कामदार स्वदेश फर्किने क्रम जारी छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment