विना गृहकार्य लकडाउन खुकुलो बनाउँदा कोरोना महामारी भयावह हुने त होइन ?

डिसी नेपाल
५ असार २०७७ १०:४६

कोरोना संक्रमण नेपालमा देखा परेसँगै सरकारले करिव तीन महिला पहिला लागू गरेको लकडाउन अहिले केही खुकुलो भएको छ। तीन महिला लामो लकडाउन खुकुलो भएसँगै जनजीवन पनि सामान्य हुन थालेको छ। कोरोना संक्रमितको संख्या बढिरहेको बेला सरकारले जन अपेक्षा अनुसार नै लकडाउन खुकुलो पारेको हो।

यसलाई कोरोना संक्रमणको जोखिम कम भएर सरकारले लकडाउन खुकुलो पारेको अर्थमा आम नागरिकले बुझे भने त्यसले परिस्थिति झन गम्भिर बन्ने छ।
विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डलाई पालना गर्दै आफू सुरक्षित रहने उपाय अबलम्बन गर्न सकियो भने कोरोना संक्रमणबाट बच्न सकिन्छ।

सामाजिक दूरी कायम गर्ने, बाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्ने र स्यानिटाइजरको प्रयोग गर्नेलगायतका विधि अपनाउँदा कोरोनाको जोखिमबाट बच्न सकिन्छ। लकडाउन खुकुलो भएसँगै काठमाडौंमा सवारी जाम सुरु हुन थालेको छ। विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा नगरी अंगालो हालेर हिँडेको दृष्य देख्न थालिएको छ।

पछिल्लो समय काठमाडौंका बाहिरी दृष्य देख्दा लाग्छ कोरोना नेपालबाट नौ डाँडा अनि सात समुद्र काटिसकेको छ। तीन महिला लामो लकडाउन भएपछि जनता उकुसमुकुस भएका थिए। आर्थिक गतिविधि ठप्प भएका थिए। निम्न मध्यमवर्गीय परिवारलाई निकै सास्ती भएको थियो। जन दबाव बढ्दै गएपछि सरकारले लकडाउन खुकुलो बनाएको हो।

तर विना कुनै गृहकार्य लकडाउन खुकुलो बनाउँदा नेपालको अवस्था स्पेन, इटाली, अमेरिका जस्तो बन्ने त होइन भन्ने चिन्ता व्यक्त हुन थालेको छ। दिनहुँ ५ सय भन्दा बढी कोरोना संक्रमित फेला परिरहेका छन्। कोरोनाबाट मृत्यु हुनेको दरपनि बढिरहेको छ।

अब राज्यले भिडभाड हुने ठाउँहरुमा निगरानी गर्न सक्नुपर्छ। अरु बेला डण्डा बर्षाउने प्रहरीले अहिले मान्छेको ज्यान बचाउन भिडभाड हुने ठाउँमा दूरी राख्न सहयोग अनि स्वयंसेवकलाई परिचालन गर्न सक्नुपर्छ,नियम पालना गरेर बजार खुलाउन सहयोग गर्नुपर्छ।

अब राज्यले भिडभाड हुने ठाउँहरुमा निगरानी गर्न सक्नुपर्छ। अरु बेला डण्डा बर्षाउने प्रहरीले अहिले मान्छेको ज्यान बचाउन भिडभाड हुने ठाउँमा दूरी राख्न सहयोग अनि स्वयंसेवकलाई परिचालन गर्न सक्नुपर्छ,नियम पालना गरेर बजार खुलाउन सहयोग गर्नुपर्छ।

क्वारेन्टाइन व्यवस्थित तथा क्वारेन्टाइनको संख्या बढाउनु सक्नुपर्छ र पिसिआर टेस्टको दायरा पनि बढाउनुपर्छ अब सरकारले। देश विकासको मेरुदण्ड नै अर्थतन्त्र भएको हुनाले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न निर्णयहरु गर्न सक्नुपर्छ र सरकारले नयाँ रणनीति बनाएर कोरोना विरुद्धको जित हासिल गर्न सक्नुपर्छ।

लकडाउन खुलेपछि हामीले आफ्नो स्वास्थ्य र सुरक्षाको ख्याल आफैं गर्न सक्नुपर्छ । लकडाउन खुलेपछि कोरोनाबाट बच्नका लागि हामीले सामाजिक दूरी कायम राख्नु पर्छ। कम्तिमा मानिसहरूबाट एक मिटरको दूरीमा रहनुपर्छ।

खाना तयार गर्नु, खानु र बाहिर कुनै सतहमा छोएपछि अनि शौच गरिसकेपछि हामीले साबुन पानीले हात धुनु पर्छ। कोरोना संक्रमणबाट जोगिन नाक मुख छोपिने गरी बोल्दा नफुत्किने खालको माक्स लगाउनु पर्छ। यी सुरक्षाका उपाय व्यक्ति आफैंले गर्ने हो, हरेक ठाउँमा सरकारको मुख ताक्नु उचित हुँदैन।

फलफूल लगायतका खाद्यपदार्थ पानीले सफा गरेर खाने र तरकारी पनि पानीले सफा गरेर राम्रोसँग पकाएर मात्र खानुपर्छ। गाडीमा चढ्नुअघि र पछि साबुन पानीले हात धुनुपर्छ नभए सेनिटाइजर प्रयोग गर्नुपर्छ। पैसा लेनदेन गर्दा भौतिक दूरी कायम राख्नुपर्छ, पैसा गन्दा र लिँदा तथा दिँदा साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्नुपर्छ।

एटिएम मेसिन प्रयोग गर्दा भौतिक दूरी कायम गर्नुपर्छ। एटिएम कार्ड मेसिनमा प्रवेश गराएर फर्किएपछि अनिवार्य हातधुने वा सेनिटाइजरको प्रयोग गर्नुपर्छ। होटल रेष्टुरामा भरसक जानुहुँदैन, जानै पर्ने अवस्था आए पनि दूरी कायम गर्नुपर्छ। प्याकिङ गरिएको र सुरक्षित छ भन्ने निश्चित भएपनि सतर्कता अपनाउनुपर्छ।

आफ्नो मोबाइल आफैले मात्र प्रयोग गर्नुपर्छ। माक्स, सेनिटाइजर र पानी अभाव भएका ठाउँमा रहेका व्यक्तिहरुले रुमाल, सफा कपडा तथा टिसुपेपरको प्रयोग गर्नुपर्छ। जमघट, पार्टी, भेला, जुलुस आदि भिडभाड हुने ठाउँमा जानु हुँदैन। पशुपन्छीलाई छुनु हुँदैन।

हरेक नागरिकमा जिम्मेबारी बोध हुनु पर्छ किनभने बन्दाबन्दी सहज र खुकुलो बनाइएको हो। यसलाई हामीले हेलचेक्रयाँई गर्यौं भने कोरनाको महामारी झनै फैलिन सक्छ। श्रीमद्भगवतगीतामा श्रीकृष्णले भनेका कुरालाई मनन गरेर अर्जुनले युद्धभूमिमा समर्पित भई कुरुक्षेत्रमा भएको युद्ध जितेका थिए त्यसरी नै हामीले पनि माथि उल्लेखित उपायहरु अपनाएर राम्रोसँग मनन गरेर कोरोनासँगको लडाइँलाई जित्न सक्नुपर्छ।

अन्ततः कोरनाबाट आफू पनि बचौं । अरुलाई पनि बचाउँदै अर्थतन्त्रलाई चलायमान राख्न र राख्दै देशको बिकास तिर अघि बढौं। अनि सरकारलाई कोरोनासँग लड्ने कुरामा समर्थन गरौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *