नेपाल भारत सीमामा नाकाबन्दीको पूर्वाभ्यास, भारतीय अधिकारीले अवरोध गर्न थाले

डिसी नेपाल
५ असार २०७७ १५:३१

काठमाडौं। भारतले नेपालबाट भारततर्फ निकासी हुने सामाग्रीहरु मात्रै रोकेको छैन। भारतबाट नेपाल आउने सामानमा समेत बेलाबखत अवरोध गर्दै आएको छ।

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि भन्दै नेपालसँगका केही प्रमुख नाकाहरुमात्रै खुला राख्ने निर्णय गरेको भारतले मेची भन्सारबाट भारतका लागि निकासी गरिएका सामानहरुलाई केही दिन यता भारत छिर्न दिएको छैन भने नेपालतिर आउने खाद्यान्न तथा निर्माण सामाग्रीहरुको ढुवानीमा पनि माथिको आदेश भन्दै नेपाल प्रवेशमा अवरोध गरेको छ।

भारतको गृह मन्त्रालयले दुई देशका नागरिकहरु ओहोरदोहोर गर्नका लागि वीरगन्ज (रक्सौल), भैरहवा (सुनौली), महेन्द्रनगर (बनबासा) र काकडभिट्टा (रानीगन्ज) मात्र खुला राख्ने निर्णय गरेसँगै नेपाल सरकार र नेपाली व्यापारीहरुले सोही नाकाबाट सामान ल्याउँदै आएकोमा केही दिनदेखि अवरोधको सामाना गर्नु परेको एक भन्सार अधिकृतले जानकारी दिए।

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि भन्दै नेपालसँगका केही प्रमुख नाकाहरुमात्रै खुला राख्ने निर्णय गरेको भारतले मेची भन्सारबाट भारतका लागि निकासी गरिएका सामानहरुलाई केही दिन यता भारत छिर्न दिएको छैन भने नेपालतिर आउने खाद्यान्न तथा निर्माण सामाग्रीहरुको ढुवानीमा पनि माथिको आदेश भन्दै नेपाल प्रवेशमा अवरोध गरेको छ।

कार्गो (सामान) को ढुवानी भने यसअघिकै व्यवस्थाअनुसार सबै नाकाबाट सुचारु रहने बताइरहँदा नेपालमा लिपुलेक, लिम्पियाधुरासहितको नक्सा जारी भएपछि वेलाबखतमा अवरोध आउन थालेको गुनासो व्यापारीहरुले गरेपछि भन्सार कार्यालयहरुमा बुझ्दा बेलाबखत अवरोध हुनेगरेको अधिकृतहरुले बताएका छन्।

विराटनगर, वीरगन्ज, नेपालगन्ज कृष्णनगर नाकाबाट मालसामानहरु ल्याउने गरिन्छ। यसरी सामानहरु ल्याउदा भारले नेपाल प्रवेश गर्नु अगावै व्यापारीहरुलाई अनावश्यक दुख दिन थालेको छ। विराटनगर नाका पनि चल्तीको नाकामा पर्छ।

कार्गोको ढुवानीका लागि पहिलेकै हिसाबले सबै नाकाहरु खुला रहेको हुँदा आपूर्ति व्यवस्थामा कुनै असर नपर्ने समेत नेपाल र भारतका दुवै अधिकारीहरुले बताइरहँदा पनि नाकामा किन अवरोध भएको हो भन्ने बारेमा नेपालतर्फ कुनै जानकारी नै गराइएको छैन।

काकडभिट्टा, विराटनगर तथा पर्सामा नेपाली सुरक्षा अधिकारीहरुले समन्वय गरेर नेपालमा सामान ल्याउने काम भैरहेको छ। ‘कुनै कुनै बेला अवरोध आउन थालेको छ।

व्यापारीहरु गुनासो लिएर आएपछि हामीले भारततिरका सुरक्षा निकायसँग समन्वय गरेर नेपाल प्रवेशलाई सहज बनाउदै आएका छौ’, एक सुरक्षा अधिकरीले भने, ‘भन्सार कार्यालयका प्रमुखहरुले पनि सहजीकरण त गर्नुहुन्छ तर कहिलेकाही सुरक्षाकर्मीहरुले माथिको आदेश भन्दै रोकिदिने काम हुन थालेको छ।’

भारतले कोरोना महामारीबाट बच्न नेपालका अतिरिक्त भुटानको सीमामा पनि कडाई गरेको छ। भुटानसँग पनि भारतको खुला सीमा रहेको छ। दरङ्गा र जयगाउँ नाकामात्र खुला राखेको र त्यहाँबाट पनि नेपाललाई असहज बनाउँदै लगेको स्रोतको दावी छ।

भारतको पश्चिम बंगाल सरकारले निर्यात अवरोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रक नेपाली उत्पादन मेची पुलमा रोकिएका थिए। लकडाउनको समयमा समेत भारतबाट निरन्तर सामान आयात भएपनि नेपाली वस्तु निर्यात हुन पाएको छैन। नेपाल–बंगलादेशबीच व्यापार गर्दै आएका व्यवसायीहरुले पठाएको सामान मेची पुलबाट भारत प्रवेश नपाउदा काकडभिट्टामै फर्काइएको छ।

व्यवसायीका अनुसार सबै चिया, अलैंची र अम्रिसोका गाडी हुन्। चिया र अलैंची भारत तथा अम्रिसो बंगलादेश निर्यात हुँदै आएको छ।
भारतले विभिन्न वहानामा नेपालीहरुलाई सधै दुख दिदै आएको छ अहिले पनि नयाँ नक्सा जारी भएसँगै यस्तो अवरोध गर्न खोजेको हो कि भन्ने अनुमान गर्न थालिएको छ।

यसरी नेपाली व्यापारीहरुले सामान समयामा भित्राउन नपाउँदा दुःख पाएको विषयमा भने नेपाल सरकार अनभिज्ञ रहेको छ। गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले यो विषयमा गृहमन्त्रालयमा कुनै खबर नआएको बताए। ‘आपूर्ति मन्त्रालयतिर कुनै खबर वा जानकारी छ कि नत्र यता हाम्रो मन्त्रालयमा यो विषयमा कुनै जानकारी छैन’, गृहका सहसचिव शर्माले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *