सोमबार खोलाले बगाएर बेपत्ता भएका युवकको शव फेला

डिसी नेपाल
६ असार २०७७ १२:०९

दमौली । गत सोमबार शुक्लागण्डकी– ९ मा पर्ने सुरौदी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका युवक आज पाँच दिनपछि मृतावस्थामा फेला परेका छन्। खोटाङ जिल्ला घर भई हाल शुक्लागण्डकी– ८ मा दिदीभिनाजुसँगै बसेर ज्यालादारी मजदूरी गर्दै आएका १७ वर्षीय रामबहादुर राईलाई खोलाले बगाएको थियो।

शुक्लागण्डकी – ४ र ८ का बीचमा पर्ने सेती पुलमुनि तैरिरहेका अवस्थामा देखेपछि प्रहरीको सहयोगमा शव बाहिर निकाल्न सफल भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । शव परीक्षणका लागि दमौली पठाउने तयारी भइरहेको बताइएको छ।

आँप टिप्न जाँदा घाइते

आँप टिप्न जाँदा रुखबाट लडेर शुक्रबार एक जना सख्त घाइते भएका छन् । घिरिङ गाउँपालिका– १ बन्टार निवासी २४ वर्षीय देवबहादुर कुमाल लडेर घाइते भएका हुन्। उनको ढाड भाँचिएको र अहिले नयाँ मेडिकल अस्पताल चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *