बाग्लुङका ९ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या ५०४ पुग्यो

डिसी नेपाल
७ असार २०७७ ६:५४

काठमाडौँ । बाग्लुङ जिल्लाका ९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । आज आइतबार बिहान बाग्लुङका ९ सहित गण्डकीका ४ जिल्लामा १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

निर्देशनालयका अनुसार, बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र म्याग्दीमा १ गरी १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०४ पुगेको छ । कोरोना पोजेटिभ देखिएका सबैलाई सम्बन्धित जिल्लाका आइसोलेशनमा कक्षमा लैजाने तयारी भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *