पार्कमा अन्धाधुन्ध चक्कु प्रहारबाट कम्तिमा तीनको मृत्यु, आतंकवादी आक्रमणको आशंका

डिसी नेपाल
७ असार २०७७ ९:११

लण्डन। बेलायतमा एक पार्कमा २५ वर्षका एक युवाले त्यहाँ बसिरहेका व्यक्तिहरुमाथि अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तिमा ३ जनाको मृत्यु भएको छ । बेलायतको रिडिङ्गको पार्कमा भएको घटनामा अरु केही घाइते भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणकारीलाई पक्राउ गरिएको छ ।

मेट्रोको समाचार अनुसार पक्राउ परेका व्यक्ति लिबियाका नागरिक रहेको अनुमान छ । प्रतिआतंकवादका अधिकारीहरु घटनास्थलमा रहेको र अनुसन्धान गरिरहेको जनाइएको छ । आक्रमण किन भएको हो भन्ने खुलेको छैन । स्थानीय समय अनुसार शनिबार बेलुका सात बजेतिर घटना भएको हो ।

पार्कमा रहेका मानिसहरुमाथि एक व्यक्तिले चक्कु प्रहार गरेको देखिएको भिडियो सामाजिक संजालमा शेयर भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले घटनाको गम्भीर निन्दा गर्दै प्रभावित भएकाहरुप्रति सहानुभूति प्रकट गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *