भारत–चीन विवादमा ट्रम्पले भने – ‘दुवै देशसँग छलफल गरिरहेका छौं’

डिसी नेपाल
७ असार २०७७ १०:२५

वाशिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीचको विवाद सुल्झाउने प्रयास गरिरहेको बताउका छन् । उनले शनिबार ह्वाइट हाउसमा भने ‘त्यहाँ कठिन स्थिति सृजना भएको छ । दुवै देश गम्भीर समस्याबाट गुज्रिरहेका छन् । हामी भारत र चीनसँग कुरा गरिरहेका छौं । हेरौं के हुन्छ । हाम्रो तर्फबाट सहमतिको कोसिस भइरहेको छ।’

१५ जून राती लद्दाखको गलवान उपत्यकामा भारत र चीनका सैनिकबीच हिंस्रक झडप भएको थियो । यसमा भारतीय सेनाका एक अधिकारीसहित २० जना मारिएका थिए । चीनतर्फ पनि हताहती भएको थियो । चीनले आफ्नो पनि क्षति भएको बताए पनि कति संख्यामा हताहती भयो भन्ने बताएको छैन । यो झडपपछि दुई देशबीच तनाव बढेको छ । भारतले चीनसँगको सीमा क्षेत्रमा सैनिक, लडाकू विमान र हेलिकप्टरको संख्या बढाएको छ ।

ट्रम्पले गत महिना भारत–चीन विवादमा मध्यस्थता गर्ने प्रस्ताव गरेका थिए । उनले यदि भारत र चीन तयार भएमा अमेरिका सीमा विवाद सुल्झाउनको लागि मध्यथता गर्न तयार रहेको बताएका तिए । तर, भारत र चीन दुवैले ट्रम्पको प्रस्ताव अस्वीकार गरेका थिए । दुवै देशले आफूहरु आपसी संवादबाट समस्या समाधान गर्न सक्षम रहेको जवाफ दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *