विवाह गरेको सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव, कांग्रेसको फरक मत

डिसी नेपाल
७ असार २०७७ १५:१८

काठमाडौं। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलालाई विवाह गरेको सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव पेश भएको छ। सो प्रस्तावमाथि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाएको छ।

कांग्रेस उक्त प्रस्तावका विरद्ध नोट अफ डिसेन्ट लेख्ने तयारी भएको समिति सदस्य एवं कांग्रेस नेतृ डा. डिला संग्रौलाले जानकारी दिइन्।

‘समितिमा नेपाली पुरुषसँग विवाह गर्ने नेपाली महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव भएको छ,’ सांसद संग्रौलाले डिसी नेपालसँग भनिन्, ‘यो विषयमा हामीले (कांग्रस) फरक मत राखेका छौं। अब फरक मत लिखित रुपमा दर्ता गराउँछौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *