कोरोना संक्रमतिको संख्या ९ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा ४२१ थपिए

डिसी नेपाल
७ असार २०७७ १६:३०

काठमाडौं । थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार त २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो संगै कोरोनाबाट संक्रमित हुनेको संख्या ९ हजार २६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार अहिलेसम्म १ हजार ७ सय ७२ जना कोरोना निको भएर घर फर्किएका छन्। १ सय ४९ महिला र १ हजार ६ सय २३ जना पुरुषले कोरोना संक्रमण जितेका हुन्।

हालसम्म ७ हजार २ सय ३१ जना आइसोलेसनमा रहेका छन् भने, ९४ हजार ९ सय २८ जना क्वारेन्टाइनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *