‘विदेशी बुहारीलाई’ ७ वर्षपछि नागरिकता दिने प्रस्तावको मधेसमा विरोध

डिसी नेपाल
७ असार २०७७ २०:५८

काठमाडौं। प्रतिनिधिसभाको राज्यव्यवस्था समितिले आइतबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र तराई केन्द्रित दलहरुको विरोधका वावजुद वैवाहिक अंगकृत नागरिकता ७ वर्षपछिमात्र दिने प्रस्ताव पारित गरेको विरोधमा आइतबार प्रदेश नम्बर २ मा विरोध भएको छ।

नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याइएको विधेयक आइतबार राज्यव्यवस्था समितिमा बहुमतका आधारमा पारित भएपछि त्यसको विरोध भएको हो।

प्रदेश नम्बर २ मा काँगेस र जनता समाजवादी पार्टीले यसको विरोधमा प्रदर्शनसमेत गरेका छन्। प्रदेश नम्बर २ का प्रायः जिल्लामा विरोध प्रदर्शन भएको छ। सो प्रस्तावको विरोधमा सत्तारुढ दल नेकपाकै केही सांसदहरुलेसमेत विरोध गरेक छन्।

मातृका यादव र प्रभु साहले विधेयकमा गरिएको प्रस्तावको विरोध गरेका हुन्। यो प्रावधानले सामाजिक, सांस्कृतिक र पारिवारिक जटिलता उत्पन्न हुने उनीहरुको तर्क छ।

तराईमा भारतबाट नेपाली बिहे गरी ल्याउने र भारतमा विहे गर्ने परम्परादेखि नै चलिआएको छ। नागरिकता सम्बन्धि नयाँ प्रावधानले विदेशबाट नेपालमा बुहारी बन्न आउनेलाई नागरिकता प्राप्त गर्न ७ वर्ष कुर्नुपर्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *