मेचु धिमालको स्वरमा सजिएको कौरा गीत सार्वजनिक [भिडियाे]

डिसी नेपाल
८ असार २०७७ ११:०३

काठमाडौं। नेपालकै चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’की प्रतिस्पर्धी मेचु धिमालको भ्वाइसको सफल यात्रा पछिको पहिलो गीतको भिडियो सार्वजनिक गरिएको छ।

लोकभाकामा बनेको यो उनको पहिलो एकल गितको म्युजिक भिडियो हो। भिडियोमा गायिका मेचु आफैले अभिनय गरेकी छिन्। भिडियोमा मोडल सुजन मार्फा तामाङले उत्कृष्ट नृत्य गरेका छन्। मौलिक गीतलाइ मगर समुदायले कान राहा (हामि आयौ)बाट अप्रभंश हुँदै कौरा भएको भन्ने मानिन्छ।

लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीत रहेको गीतमा संगीत संयोजन देवेश राईले गरेका छन्। अनिल के मानन्धरले छायांकन गरेको भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन गरेका छन्।

प्रविन भट्टले सम्पादन गरेको भिडियो मेचु धिमालको आफ्नै अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *