सुशान्तलाई आत्महत्या गर्न उक्साएको आरोपमा अभिनेत्री रिया चक्रवर्तीविरुद्ध मुद्दा

डिसी नेपाल
८ असार २०७७ १२:०८

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या घटनामा पुलिसले अनुसन्धान तीब्र पारेको छ । सुशान्तलाई आत्महत्या गर्न बाध्य पार्ने कारणको खोजी भइरहेका बेला सुशान्तकी नजिककी साथी तथा अभिनेत्री रिया चक्रवर्तीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।

बिहारको मुजफ्फरपुरको पताहीका कुन्दन कुमारले रिया चक्रवर्तीविरुद्ध मुद्दा दायर गरेका हुन् । शनिबार उनले सिजेएम कोर्टमा आफ्नो उजुरी दर्ता गराएका छन् । यो मुद्दामा २४ जूनका दिन सुनुवाइ हुँदैछ ।

कुन्दन कुमारले आरोप लगाएअनुसार रियाले सुशान्तको धेरै प्रयोग गरेकी थियन् । रियाले सुशान्तलाई आर्थिक र मानसिक रुपले प्रताडित गरेको उनले आरोप लगाएकी छिन् । कुन्दनले रियामाथि आफ्नो करिअर नबन्दासम्म सुशान्तको प्रयोग गरेको र आफ्नो करिअर सेट भएपछि सुशान्तलाई छोडेको आरोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *