निजी विद्याालयले मागेको लकडाउन अवधिको शुल्क नतिर्न अभिभावकलाई नेविसंघको आव्हान
काठमडौं। निजी विद्यालयलेहरुले लकडाउन अवधिको शुल्ल, भर्ना शुल्क र अनलाइन कक्षाको शुल्क तिर्न अपील गरेकोमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले भत्र्सना गरेको छ।
संघका अध्यक्ष राजीव ढुंगानाले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारले अर्को निर्णय नगर्दासम्म विद्यालयले भर्ना लिन र शुल्क लिन नपाउने व्यवस्था गरे पनि निजी विद्यालयहरुका संगठन प्याब्सन र एनप्याब्सनले शुल्क माग्ने कार्य भत्र्सना योग्य भएको जनाएका छन्।
उनले लकडाउन अवधिको शुल्क माग्ने कुरा नेविसंघलाई कुनै पनि हालतमा स्वीकार्य नभएको भन्दै हाललाई कुनै पनि शुल्क नर्तिन अभिभावकहरुलाई आव्हान गरेका छन्। उनले निजी विद्यालयले शुल्क मागेको विषयमा सरकारले तत्काल कारबाही गर्नुपर्नेसमेत उनले माग गरेका छन्।
आइतबार एनप्याब्सन र प्याब्सनले सँयुक्त अपील जारी गर्दै विद्यालय संकटमा परेको भन्दै शुल्क तिर्न अपील गरेका थिए।

No ads found for this position

डिसी नेपाल
Facebook Comment